Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सि.न.पा ६ का सदस्य अनिल कुमार के.सी. द्वारा एसईई मा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान


  • लुम्बिनी चिन्तन
  • आषाढ २२, २०८२ आइतवार
  • 468
    SHARES

सि.न.पा ६ का सदस्य अनिल कुमार के.सी. द्वारा एसईई मा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान

भैरहवा, २२ असार । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का वडा सदस्य अनिल कुमार के.सी.ले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गर्नुभएको छ ।WhatsApp Image 2025-07-06 at 2.19.04 PM (6).jpegWhatsApp Image 2025-07-06 at 2.19.04 PM (3).jpeg
सिद्धार्थनगर–६ स्थित श्री महात्मा बुद्ध माध्यमिक विद्यालयबाट एसईईमा उत्तीर्ण विद्यार्थीहरुको घरमै पुगेर उहाँले खादा तथा टीका लगाएर तथा झोला (ब्याग) प्रदान गरेर सम्मान गर्नुभएको हो । व्यक्तिगत रुपमा विद्यार्थीहरुलाई सम्मान गरेको नेपाली काँग्रेस सिद्धार्थनगरका सचिव समेत रहनुभएका के.सी.ले जानकारी दिनुभयो ।

सम्मानित हुनेमा सिद्धार्थनगर–६ पिपरहियाकी खुसी चौधरी, वडा नम्बर ४ की सहारा नेपाली, सृष्टि नेपाली, गौरी केवट र वडा नम्बर १० का धिरज यादव रहेका छन् ।WhatsApp Image 2025-07-06 at 2.19.03 PM.jpegWhatsApp Image 2025-07-06 at 2.19.04 PM (1).jpeg


लुम्बिनी चिन्तन

थप समाचार