भैरहवा, २२ असार । गरेको छ । गाउँपालिकाले शनिबार एक कार्यक्रमकाबीच विद्यार्थीहरुलाई साईकल वितरण गरेको हो । २०८१ सालको एसईई परीक्षामा रोहिणी गाउँपालिकाभित्र रहेका सामूदायिकबाट १२६ तथा धार्मिक विद्यालयबाट ३ गरी १२९ जना विद्यार्थी उत्तीर्ण भएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताउनुभयो । अघिल्लो वर्षहरु भन्दा यस वर्ष सामूदायिक विद्यालयको नतिजामा सुधार आएको उहाँले बताउनुभयो । 
शैक्षिक गुणस्तर सुधार गर्नका लागि शिक्षक र गाउँपालिकालाई मात्र दोष दिएर नहुने र सुधारका लागि सबै पक्ष मिलेर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ती हरिजनले गाउँपालिका विद्यार्थीहरुको साथमा रहेको बताउनुभयो । शिक्षा शाखा प्रमुख रामनेवास प्रसाद चौधरीले शिक्षा क्षेत्रलाई अगाडि बढाउन गाउँपालिका लागिपरेको बताउनुभयो ।