Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

एसईईमा चार जीपीए ल्याउने दुईसहित ६१ विद्यार्थीलाई पश्चिमाञ्चल इङ्लिस स्कूलको सम्मान


  • लुम्बिनी चिन्तन
  • आषाढ २३, २०८२ सोमवार
  • 348
    SHARES

एसईईमा चार जीपीए ल्याउने दुईसहित ६१ विद्यार्थीलाई पश्चिमाञ्चल इङ्लिस स्कूलको सम्मान

भैरहवा, २३ असार – रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ स्थित पश्चिमाञ्चल इङ्लिस स्कूलले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उत्कृष्ट नतिजा ल्याउने ६१ विद्यार्थीलाई सम्मान गरेको छ। तीमध्ये अनवर अली मुसलमान र सुमनिमा पोखरेलले चार जीपीए प्राप्त गरेका छन्। त्यस्तै, आयुसा पाठकले ३.९६ र निरजरा पोखरेलले ३.९ जीपीए ल्याएका छन्।

विद्यालयले यस वर्ष शतप्रतिशत नतिजा ल्याउन सफल भएको छ। प्राप्त नतिजाअनुसार १२ जना विद्यार्थीले ३.६ देखि ३.९६ सम्म, ३४ जनाले ३.२ देखि ३.५९ सम्म, ९ जनाले ३ देखि ३.१९ सम्म र ४ जनाले २.८८ देखि २.९९ सम्म जीपीए ल्याएका छन्।

विद्यालयले भैरहवामा आयोजना गरेको सम्मान कार्यक्रममा प्रमुख अतिथि तथा सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख चेतनशील लम्सालले पश्चिमाञ्चल इङ्लिस स्कूलले निरन्तर उत्कृष्ट नतिजा दिँदै आएको उल्लेख गर्दै व्यवहारिक शिक्षाको पनि महत्त्वपूर्ण भूमिका हुने बताए।

विद्यालयका प्रिन्सिपल राजु प्रसाद ढकालले यस सफलताको श्रेय विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी र अभिभावक सबैलाई जाने बताए। डेपुटी डाइरेक्टर रेजल ढकालले विद्यालय अनुशासित र मेहेनेती विद्यार्थी उत्पादनतर्फ प्रतिबद्ध रहेको बताए।

विद्यार्थी निरजरा पोखरेलले एसईईको नतिजाप्रति खुसी व्यक्त गर्दै यसलाई अन्तिम सफलता नभई अर्को सुरुवातका रूपमा लिने धारणा राखिन्।

कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक रीता ढकालको अध्यक्षता रहेको थियो। कार्यक्रममा विभिन्न विद्यालयका प्रतिनिधि, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


लुम्बिनी चिन्तन

थप समाचार