Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देहीबाट एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई अनेरास्ववियुद्वारा सम्मान


  • लुम्बिनी चिन्तन
  • आषाढ २३, २०८२ सोमवार
  • 452
    SHARES

रुपन्देहीबाट एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई अनेरास्ववियुद्वारा सम्मान


रुपन्देही, २३ असार । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी रुपन्देहीले एसईईमा उत्कृष्ट अंक ल्याउने करिब २,५०० विद्यार्थीलाई सम्मान गरेको छ। नेकपा (एमाले) का उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा ४ जीपीए ल्याउने ८८ जना र ३.६ जीपीएभन्दा माथि ल्याउने २,४०७ विद्यार्थीलाई सम्मान गरिएको हो।

कार्यक्रममा मन्त्री पौडेलले सामुदायिक तथा निजी विद्यालयको समन्वयले रुपन्देहीलाई शैक्षिक दृष्टिले देशकै उत्कृष्ट जिल्लामा परिणत गरेको बताए। उनले गुणस्तरीय शिक्षाबाट जीवन परिवर्तन सम्भव हुने भन्दै सकारात्मक सोचको आवश्यकता औंल्याए।

कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष डा. सुजन कडेरिया, एमाले नेता लिला गिरी, यज्ञ गैरेलगायतको सहभागिता रहेको थियो। नेताहरूले यस सम्मानले विद्यार्थीमा थप उत्साह भरिएको धारणा राखे।


लुम्बिनी चिन्तन

थप समाचार