Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रोहिणी गाउँपालिकाद्वारा चालु आर्थिक वर्षमा ८३ प्रतिशत बजेट खर्च


  • लुम्बिनी चिन्तन
  • आषाढ २७, २०८२ शुक्रवार
  • 370
    SHARES

रोहिणी गाउँपालिकाद्वारा चालु आर्थिक वर्षमा ८३ प्रतिशत बजेट खर्च

भैरहवा, २७ असार । चालु आर्थिक वर्ष २०८१/०८२ मा ८३ प्रतिशत बजेट खर्च भएको विवरण रुपन्देहीको रोहिणी गाउँपालिकाले सार्वजनिक गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको लागि विनियोजित बजेटको ८३ प्रतिशत खर्च भएको सार्वजनिक गरेको हो ।

चालुतर्फ ४० करोड २८ लाख २ हजार ७० रुपैयाँ बजेट विनियोजन गरिएकोमा ३३ करोड ३६ लाख ९६ हजार २ सय ६७ रुपैयाँ अर्थात ८२ दशमलव ८४ प्रतिशत खर्च भएको छ ।

1746887663_Lumbini.gif

 

त्यस्तै पूँजीगततर्फ १८ करोड ५५ लाख ६७ हजार ९ सय ३० रुपैयाँ बजेट विनियोजन गरिएकोमा १५ करोड ४६ लाख ६३ हजार ४ सय ५ रुपैयाँ अर्थात ८३ दशमलव ३५ प्रतिशत खर्च भएको गाउँपालिकाले सार्वजनिक गरेको वित्तीय प्रगति विवरणमा उल्लेख छ ।

 
 
 

रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश कुमार चौधरीले चालु र पूँजीगत गरी ८३ प्रतिशत बजेट खर्च भएको जानकारी दिनुभयो । 

कार्यालयबाट आ.व. २०८१/०८२ मा स्वीकृत योजना तथा कार्यक्रमहरुका लागि गरिएका सम्पूर्ण कार्यहरुको निर्धारित समयमा पेश हुन आएका सम्पूर्ण कारोबारहरुको भुक्तानी कार्यसम्पन्न भएको गाउँपालिकाका आर्थिक प्रशासन प्रमुख प्रकाश पछाईले बताउनुभयो । 


लुम्बिनी चिन्तन

थप समाचार