Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देही–३ उपनिर्वाचनका लागि एमालेको तयारी, उम्मेदवार सिफारिसकाे निर्देशन


  • लुम्बिनी चिन्तन
  • श्रावण १६, २०८२ बिहिवार
  • 276
    SHARES

रुपन्देही–३ उपनिर्वाचनका लागि एमालेको तयारी, उम्मेदवार सिफारिसकाे निर्देशन

भैरहवा, साउन १५ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा सदस्य दीपक बोहोराको निधनपछि रिक्त रहेको रुपन्देही–३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया सुरु गरेको छ।

पार्टी महासचिव शंकर पोखरेलले एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न निर्देशन दिँदै जिल्ला र प्रदेश कमिटीलाई परिपत्र पठाएका छन्। सिफारिसका नामहरू आगामी भदौ १५ गतेभित्र पार्टीको केन्द्रीय कार्यालयमा बुझाइसक्न भनिएको छ।

उम्मेदवार टुंगो लगाउनु अघि निर्वाचन क्षेत्र समन्वय समितिले जिल्ला तथा प्रदेश कमिटीसँग परामर्श गर्न पनि आग्रह गरिएको छ। यसरी, एमालेले समयमै उम्मेदवार चयन प्रक्रिया अघि बढाउँदै उपनिर्वाचनका लागि आन्तरिक तयारी तीव्र बनाएको छ।


लुम्बिनी चिन्तन

थप समाचार