Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रास्वपाबाट रुपन्देही–३ उपनिर्वाचनका लागि ९ जनाको उम्मेदवारी आवेदन


  • लुम्बिनी चिन्तन
  • श्रावण २३, २०८२ बिहिवार
  • 260
    SHARES

रास्वपाबाट रुपन्देही–३ उपनिर्वाचनका लागि ९ जनाको उम्मेदवारी आवेदन

साउन २२ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी कात्तिक १७ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि रुपन्देही–३ क्षेत्रमा उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ। पार्टीले तोकेको समयसीमा अनुसार साउन ७ देखि २१ गतेसम्म आवेदन खुला गरिएको थियो।
पार्टीका लुम्बिनी इञ्चार्ज विपिन आचार्यका अनुसार, यस अवधिमा ९ जनाले उम्मेदवारीका लागि आवेदन दिएका छन्। तीमध्ये सुलभ खरेलको नाम आवेदन सूचीको पहिलो स्थानमा रहेको छ।
अन्य आवेदनदाताहरूमा पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्याल रहेका छन्।
रास्वपाले उम्मेदवार बन्ने इच्छुक व्यक्तिहरूका लागि २५ हजार रुपैयाँ आवेदन शुल्क तोकेको थियो। अब प्राप्त नामहरूको मूल्यांकन गरी पार्टीले भदौ १५ गते अन्तिम उम्मेदवारको नाम सार्वजनिक गर्ने कार्यक्रम तय गरेको छ।


लुम्बिनी चिन्तन

थप समाचार