भैरहवा । सिद्धार्थनगर नगरपालिका ६ स्थित महात्तमा बुद्ध माविका लागि सुविधासम्पन्न पक्की भवन निर्माण हुने भएको छ । बिहीबार चार कोठे २ तल्ले भवनको नेकपा एमालेका नेता तथा क्षेत्र नम्बर ३ का ससाद घनश्याम भुसाालले शिलान्यास भएको गरे ।
सासद भुसालको संसदीय विकास कार्यक्रम अन्तर्गतको ४० लाख अनुदान र सिद्धार्थनगर नगरपालिकाको बाकी लागतमा बन्ने नया भवनको यही आर्थिक वर्षको मसान्त भित्र सम्पन्न हुने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुलसीराम मरासिनीले बताए । 
सिद्धार्थनगर वडा नम्बर ६ मा स्थित यस क्षेत्रको पुरानो मध्येको विद्यालयको भौतिक विकासका लागि ८७ लाख १७ हजार २ ९८ रुपैयाको लागतमा बन्न लागेको सो भवनको जिम्मा साहनी ग्रुप अफ कन्ट्रक्शनले लिएको नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले बताए ।
भवनको शिलान्यास गर्देै प्रमुख अतिथी घनश्याम भुसालले हामी प्रगति पथमा धेरै पछाडी रहेको बताए । शिक्षा, स्वास्थ्य, कृषि पर्यटन र सुशासन जस्ता महत्वपूर्ण क्षेत्र भएपनि तिमध्ये शिक्षाको सम्पूर्ण जिम्मा राज्यले लिनु पर्ने बताए ।
लोभ र डर त्रासबाट आफू कहिल्यै प्रभावित नहुने भन्दै उनले मन्त्री पद छोडेर हिडेको बताउदै संघीय, प्रादेशिक र स्थानीय तहलाई कसरी प्रभावकारी बनाउने तर्फ सोच्ने र ध्यान दिने बताए । मेरो चासो मधेशीमुलका वस्तीहरुमा बढी चासो रहेको बताउदै यस हिसाबले यस क्षेत्रको शिक्षा क्षेत्रमा योग्दान गरेको बताए । भानु मावि र लिलाराम माविमा पनि २–२ करोड योजना पारेको बताउदै मधेशको विकास नभएसम्म देशको विकास नहुने बताए ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि अधिकारीको अध्यक्षता, उपमेयर उमा काफ्लेको स्वागत तथा वरिष्ठ अधिकृत देव ज्ञवालीको संचालनमा सम्पन्न कार्यक्रममा पूर्व मन्त्री हकिकुल्लाह खान, प्रदेश सासद सन्तोस पाण्डे, लुम्बिनी प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण शर्मा, राजनितिक दलका प्रतिनिधिहरु अर्जुन जैसवाल, विरेन्द्र श्रविास्तव रामबहादुर श्रेष्ठ, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म प्रसाद न्यौपाने, नगरपालिकाका प्रशासकिय अधिकृत तुल्सीराम मरासिनी लगायतले बोलेका थिए ।