भैरहवा, साउन २६ । राष्ट्रिय मानव अधिकार आयोगको टोलीले सोमबार रूपन्देही कारागारको अनुगमन गरेको छ ।
रवि लामीछानेको जेल बसाई कस्ठकर रहेको समाचार सार्वजनीक लगतै रुपन्देही कारागारको बिषयमा चर्चा सुरु भएको थियो । यसै क्रममा सोमवार आयोगकी आयुक्त लिली थापासहितको टोलीले रूपन्देही कारागारको अवस्थाबारे अनुगमन गरेको हो ।
करीव सवा घण्टा कारागार भित्र बिताएको टोलीले बाहीर निस्कीएपछि पत्रकार संग कुरा गर्दै रुपन्देहीको समग्र कारागारका ब्यावस्थापनका बिषयमा करकारको कमजोरी रहेको आयोगकी आयुक्त लिली थापाले बताई । दुई सय पचास क्षमताको कारागारका ६ सय २७ कैदीबन्दीहरु रहनु सरकारको कमजोरी रहेको उनको भनाई थियो । 
अनुगमनका बिषयमा मानव अधिकार आयोगले सबै कैदीबन्दीका अवस्थाबारे बुझेको थियो। सो क्रममा कारागार भित्र रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बिषयमा पत्रकारहरुले राखेको जिज्ञाशामा रविलाई भित्र सहज नभएको बताए । खुल्ला सौचालय सहितको कोठामा उहाको बसाई छ । एउटा कोठा भित्र खुल्ला सौचालय , एउटा ठुलो खालको स्टेन पंखा , अर्को सानो खालको पंखा , एउटा टेवल , निलो कार्पेट , केही थान किताव , झ्यालहरु थुनिएको , सुत्नका लागी एउटा सानो साईजको लो बेड यो अवस्थामा रवि लामीछाने भित्र हुनुहुन्छ थापाले भनिन् ।
‘उहाँले अहिलेसम्म कोठा बाहीर हिँडडुल गर्न पाउनु भएको छैन भन्नु भयो । बाहिर गएर स्वच्छ हावा लिन पाउनुप¥यो, पत्रपत्रिका पढ्न पाउनुप¥यो, न्युज सुन्न पाउनुप¥यो भन्ने कुरा गर्नुभयो,’ उनले भनिन्, ‘उहाँले कानुनी सहायता पनि लिन नपाएको, मुद्दा लड्न कानुन व्यवसायीसँग भेट्न नपाएको, आफ्ना कार्यकर्तासँग पनि भेट्न नपाएकोजस्ता कुरा पनि सुनाउनुभयो आयुक्ता थापाले भनिन ।
जिल्ला अदालत रुपन्देही बाट अर्को स्थानमा स्थान्तरण गर्नका लागी सुबिधा पाउदा पनि सरकारले सहयोग नगरेको कुरा आएको छ । हामी फर्किएपछि कारागार बिभागमा कुरा गरेर समग्र बिषयमा जानकारी गराउछौ उनले भनिन्न् ।
पत्रकारहरूले एसी वा कुलर छ कि छैन भनेर सोध्दा आयुक्त थापाले ’दुइटा पंखामा एउटा सानो र अर्को ठुलो मात्रै छ’ एसि कुलर हामीले पाएनौ थापाले भनिन् ।
झ्यालमा राखिएको प्लाइउड सुरक्षाका लागि भन्ने कुरा कारागार प्रशासन बाट आयो यसलाई हामी छिटै निकाल्छौ भन्नु भएको छ थापाले भनिन्न् ।