Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

आइएसओ प्रमाणित मूनलाइट आवसिय मा.वि. द्वारा नगरमै उत्कृष्ठ नतिजा ल्यउने विद्यार्थीलाई सम्मान


  • लुम्बिनी चिन्तन
  • श्रावण २९, २०८२ बुधवार
  • 282
    SHARES

आइएसओ प्रमाणित मूनलाइट आवसिय मा.वि. द्वारा नगरमै उत्कृष्ठ नतिजा ल्यउने विद्यार्थीलाई सम्मान

भैरहवा, साउन २८ । सिद्धार्थनगर–६, रुपन्देहीमा अवस्थित मुनलाईट आवसिय मा.वि ले कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउन सफल २३ जना विद्यार्थीहरूलाई सम्मान गरेको छ।
आइएसओ प्रमाणित यस विद्यालयले अभिनन्दन समारोह २०८२ कार्यक्रको आयोजना गर्दै कक्षा १२ मा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ ।
उक्त समुहमा सबैभन्दा उच्च जिपिए ल्याउने विद्यार्थी श्रद्धा मौर्या ले ३.८१ जिपिए प्राप्त गर्दै सबैको ध्यान आकर्षित गरिन् भने आर्यन खान ले पनि ३.७० जिपिए प्राप्त गरेका हुन। WhatsApp Image 2025-08-13 at 6.59.32 PM (1).jpeg
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा कार्यबाहक अध्यक्ष कुल प्रसाद न्यौपानेले  “विद्यार्थीहरू हाम्रो राष्ट्रको भविष्य हुन्। यहाँका विद्यार्थीहरूले सिद्धार्थनगर नगरमै उत्कृष्ट नतिजा ल्याउनु गर्वको कुरा हो। उनीहरूको सफलता सम्पूर्ण नगरकै शिर उचो बनाउने खालको छ। म उज्ज्वल भविष्यको शुभकामना दिन चाहन्छु।“ भन्नु भयो ।WhatsApp Image 2025-08-13 at 6.59.08 PM.jpegWhatsApp Image 2025-08-13 at 6.59.07 PM.jpeg

विद्यालयका कार्यबाहक प्राचार्य टिकाराम भट्टराईले समेत सफल विद्यार्थीहरूलाई बधाई दिँदै भने, “हामी आफ्ना विद्यार्थीहरूको मेहनत, अनुशासन र निरन्तर प्रगतिमा विश्वास गर्छौं। उनीहरूले देखाएको प्रतिबद्धता प्रेरणादायी छ। हाम्रो विद्यालयको शिक्षा पद्धति नै विद्यार्थीहरूलाई सक्षम बनाउने खालको रहेको छ।“

आइएसओ प्रमाणित यस विद्यालयले व्यवस्थापन तथा शिक्षामा निरन्तर उत्कृष्टता प्रदर्शन गर्दै आइरहेको छ। कार्यक्रममा शिक्षक, तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।WhatsApp Image 2025-08-13 at 6.59.09 PM.jpeg


लुम्बिनी चिन्तन

थप समाचार