भैरहवा, साउन २९ । रुपन्देही–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उम्मेदवारी चाहने पार्थिवेन्द्र उपाध्यायले पत्रकार र सञ्चारमाध्यमबारे दिएको विवादास्पद अभिव्यक्तिप्रति पत्रकार संघ–संस्थाहरुले विरोध जनाएका छन्।
उपाध्यायले पत्रकारहरु “पाँच हजारमा बिक्ने“, “मिडिया आवश्यक छैन“ भन्ने जस्ता अभिव्यक्ति दिएका भन्दै नेपाल पत्रकार महासंघसहितका ११ सञ्चार संस्थाले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै कारवाहीको माग गरेका हुन्।
ज्ञापनपत्रमा अभिव्यक्तिको सत्यतथ्य छानबिन गरी कानुनी कारवाही गर्न आग्रह गरिएको छ। प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले स्वतन्त्र पत्रकारिता सम्मानयोग्य रहेको बताउँदै अभिव्यक्तिबारे सत्यतथ्य बुझिने बताए।
नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले पनि विज्ञप्ति जारी गर्दै उपाध्यायको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।