भैरहवा, ३१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई काठमाडौंस्थित नख्खु कारागारमा लगिएको छ। सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई आज दिउँसो भैरहवाबाट काठमाडौंको नख्खु कारागारमा लगिएको हो।
लामिछानेले दिएको निवेदनका आधारमा कारागार विभागले शुक्रबार उनलाई नख्खु कारागारमा सार्ने निर्णय गरेको थियो।
रास्वपाले लामिछानेविरुद्ध राजनीतिक प्रतिशोधस्वरूप कारबाही गरिएको आरोप लगाउँदै हस्ताक्षर संकलन अभियान समेत सुरु गरिसकेको छ।
लामिछानेलाई चैत २५ गते उच्च अदालत बुटवलको आदेशपछि रुपन्देही कारागारमा राखिएको थियो।