काठमाडौं, भाद्र ०५ । लामो समयदेखि रोकिएको विद्यालय शिक्षा विधेयक अन्ततः प्रतिनिधिसभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिबाट पारित भएको छ। बिहीबार बसेको समितिको बैठकले विधेयक पारित गरेको हो।
विधेयकमा समेटिएका केही प्रावधानप्रति सरोकारवालाहरूले असहमति जनाउँदै आएका थिए, जसका कारण विधेयक अघिल्लो चरणमा पारित हुन सकेको थिएन। विवाद समाधानका लागि उपसमिति गठन गरी पटकपटक प्रतिवेदन तयार पारिए पनि सहमति जुटाउन कठिन भइरहेको थियो।
यसैबीच, शिक्षा विधेयकका केही प्रावधानलाई लिएर निजी विद्यालय सञ्चालकहरूले आन्दोलन सुरु गरिसकेका छन्। अब पारित भएको विधेयक संसद्को बैठकमा प्रस्तुत गरिनेछ।