Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देही–३ को उपनिर्वाचनमा एमालेको जित सुनिश्चित भएको एमाले पोलिटब्यूरो सदस्य लिला गिरीको भनाइ


  • लुम्बिनी चिन्तन
  • भाद्र १७, २०८२ मंगलवार
  • 236
    SHARES

रुपन्देही–३ को उपनिर्वाचनमा एमालेको जित सुनिश्चित भएको एमाले पोलिटब्यूरो सदस्य लिला गिरीको भनाइ

भैरहवा, १७ भदौ — नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनमा एमाले विजयी हुने दाबी गर्नुभएको छ । भैरहवामा सम्पन्न एमाले सिद्धार्थनगर नगर कमिटीको तेस्रो विस्तारित बैठकमा गिरीले पार्टीको जीत सुनिश्चित रहेको बताउँदै उपनिर्वाचन राष्ट्रिय सन्देश दिने अवसर भएको उल्लेख गर्नुभयो ।
गिरीले रास्वपा लगायतका अन्य दलप्रति संकेत गर्दै जनताका लागि केही नगरेका उम्मेदवारले समर्थन नपाउने स्पष्ट पार्नुभयो। साथै, उहाँले लिपुलेकमार्फत भारत–चीन व्यापार सम्बन्धी सहमतिमा नेपालले चासो व्यक्त गर्नु उचित रहेको र केपी ओलीको अडानले देशको गौरव बढाएको दाबी गर्नुभयो।
पार्टीका अर्का पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले एमालेसँग रुपन्देही–३ का लागि स्पष्ट नीति, योजना र कार्यक्रम रहेको भन्दै विकासको लागि एमालेको जित आवश्यक रहेको बताउनुभयो।
बैठकले टोल कमिटी बैठक, वडा कमिटीको विस्तारित बैठक, जनवर्गीय संगठनहरुको बैठक भदौ महिनाभित्रै सम्पन्न गर्ने गरी मिति समेत तोकेको छ । त्यस्तै भदौमै सामाजिक संघ–संस्थाहरुसँग बैठक, मधेशी–मुस्लिम, महिला, युवा–विद्यार्थी भेला, उद्योगी–व्यवसायी, होटल व्यवसायी, साहित्यकार, लेखक, बुद्धिजीविसँग भेटघाटसँग भेटघाट लगायतका कार्यक्रम गरिने एमाले सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाले बताउनुभयो ।


लुम्बिनी चिन्तन

थप समाचार