भैरहवा ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही क्षेत्र नम्बर ३ अधिवेशन भैरहवामा सम्पन्न भएको छ । क्षेत्र नम्बर ३ मा प्रेम नारायण चौधरीको अध्यक्षतामा २३ सदस्यीय, क्षेत्र नम्बर ३ (क) मा अर्जुन थापाको अध्यक्षतामा २२ सदस्यीय र ३ (ख) मा क्यापेटन प्रेम बहादुर कुंवरको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको राप्रपा रुपन्देहीका उपाध्यक्ष अजय कुमार गुप्ताले बताए ।
राप्रपा रुपन्देहीका अध्यक्ष सागर प्रताप राणाको अध्यक्षता, पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक बोहराको प्रमुख आतिथ्यता, केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा पूर्व गृहमन्त्री निरञ्जन थापाको विशिष्ट आतिथ्यता, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदय, केन्द्रीय सम्पादन समिति सदस्य ताहिर अली, केन्द्रीय सदस्यहरु, जिल्ला पदाधिकारी लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।