Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

नवनियुक्त तीन मन्त्रीले खण्डहर राष्ट्रपति कार्यालय बाहिर शपथ लिए


  • लुम्बिनी चिन्तन
  • भाद्र ३०, २०८२ सोमवार
  • 302
    SHARES

नवनियुक्त तीन मन्त्रीले खण्डहर राष्ट्रपति कार्यालय बाहिर शपथ लिए

काठमाडौं, भाद्र ३० । सोमबार नवनियुक्त तीन मन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका छन्। अर्थमन्त्रीको जिम्मेवारी रामेश्वर खनाललाई, ऊर्जा, भौतिक योजना तथा शहरी विकास मन्त्रालय कुलमान घिसिङलाई र गृह तथा कानुन मन्त्रालय ओमप्रकाश अर्याललाई दिइएको छ।

प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा शपथग्रहण कार्यक्रम राष्ट्रपति कार्यालयको खण्डहर भवन बाहिर पाल टाँगेर आयोजना गरिएको हो। शीतल निवास जेनजी आन्दोलनका क्रममा आगजनीका कारण प्रयोग गर्न असम्भव बनेपछि यो वैकल्पिक व्यवस्था गरिएको हो।

शपथग्रहणमा संवैधानिक पदाधिकारीहरू, सरकारी निकाय र कूटनीतिक नियोगका प्रमुखहरू सहभागी थिए। प्रधानमन्त्रीको शपथमा अनुपस्थित रहेका राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल यस समारोहमा भने उपस्थित भए। प्रतिनिधिसभा विघटन भए पनि राष्ट्रिय सभा क्रियाशील रहेकाले उनको पद यथावत् छ।

तर सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना भने पुनः अनुपस्थित रहे। सभामुखको पद पनि प्रतिनिधिसभा विघटन भए पनि उम्मेदवारको मनोनयन नहुँदासम्म कायम नै रहने प्रावधान छ।


लुम्बिनी चिन्तन

थप समाचार