Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

प्रधानमन्त्री सुशीला कार्कीद्वारा मन्त्रिपरिषद् दोस्रोपटक विस्तार, ४ नयाँ मन्त्रीले लिए शपथ


  • लुम्बिनी चिन्तन
  • आश्विन ६, २०८२ सोमवार
  • 274
    SHARES

प्रधानमन्त्री सुशीला कार्कीद्वारा मन्त्रिपरिषद् दोस्रोपटक विस्तार, ४ नयाँ मन्त्रीले लिए शपथ

काठमाडौं, ०६ असोज । गत भदौ २७ गते प्रधानमन्त्रीको रुपमा पदभार सम्हालेकी सुशीला कार्कीले सोमबार मन्त्रिपरिषद् दोस्रोपटक विस्तार गरेकी छन्। यसअघि भदौ ३० गते पहिलोपटक मन्त्रिपरिषद् विस्तार गर्दै उनले तीन जना मन्त्री नियुक्त गरेकी थिइन् — कुलमान घिसिङ, ओमप्रकाश अर्याल र रामेश्वर खनाल।

सोमबार सम्पन्न दोस्रो चरणको विस्तारमा थप चार मन्त्रीले शपथ ग्रहण गरेका छन्। मन्त्रिपरिषद् अब ८ सदस्यीय बनेको छ।

जिम्मेवारीको पुनःबाँडफाँड

प्रधानमन्त्री कार्की आफैंले नौ वटा मन्त्रालयको जिम्मेवारी सम्हालेकी छन्, जसमा परराष्ट्र, रक्षा, स्वास्थ्य, संस्कृति, वन, महिला तथा बालबालिका, श्रम, खेलकुद, र खानेपानी मन्त्रालयहरू रहेका छन्।

यसैबीच पहिले नियुक्त दुई मन्त्रीहरूको जिम्मेवारीमा हेरफेर गरिएको छ। अर्थमन्त्री रामेश्वर खनाललाई अब संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पनि दिइएको छ। अर्कातर्फ, गृहमन्त्री ओमप्रकाश अर्यालबाट कानुन मन्त्रालय हटाइएको छ, जुन जिम्मेवारी हालै नियुक्त अनिलकुमार सिन्हालाई दिइएको छ।

मन्त्रिपरिषद् संरचना यस प्रकार छः
सुशीला कार्की (प्रधानमन्त्री)

– परराष्ट्र मन्त्रालय
– रक्षा मन्त्रालय
– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
– खानेपानी मन्त्रालय
– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
– युवा तथा खेलकुद मन्त्रालय
– वन तथा वातावरण मन्त्रालय
– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

रामेश्वर खनाल

– अर्थ मन्त्रालय
– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

कुलमान घिसिङ

– ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय
– भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय
– शहरी विकास मन्त्रालय

ओमप्रकाश अर्याल

– गृह मन्त्रालय

अनिलकुमार सिन्हा

– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
– कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय
– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

महावीर पुन

– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

जगदिन खरेल

– सूचना, सञ्चार तथा प्रविधि मन्त्रालय

मदन परियार

– कृषि तथा पशुपन्छी विकास मन्त्रालय


लुम्बिनी चिन्तन

थप समाचार