Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रूपन्देहीमा १५९ जनाको उम्मेदवारी दर्ता , ६५ जना स्वतन्त्र


  • लुम्बिनी चिन्तन
  • माघ ७, २०८२ मंगलवार
  • 242
    SHARES

रूपन्देहीमा १५९ जनाको उम्मेदवारी दर्ता , ६५ जना स्वतन्त्र

भैरहवा माघ ६/
पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा १ सय ५९ जनाको उम्मेदवारी दर्ता गराएका छन् ।  फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि मंगलबार ६५ जना स्वतन्त्र सहित १ सय ५९ जनाले मनोनयन दर्ता गराएको रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिए । 
निर्वाचन अधिकृत कार्यालयहरुले उपलब्ध गराएको विवरण अनुसार सबैभन्दा धेरै क्षेत्र नम्बर २ र सबैभन्दा कम क्षेत्र नम्बर ४ मा उम्मेदवारी दर्ता भएको छ ।
निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुले समेत उल्लेख्य रुपमा मनोनयन गरेका छन् । क्षेत्र नम्बर १ मा ३२ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत कपिल पौडेलले जानकारी दिए । यस क्षेत्रमा २० जना दलका उम्मेदवार छन् भने १२ जना स्वतन्त्र उमेदवार रहेका छन् । यहा नेकपा एमाले बाट दघिराम न्यौपानेले उमेदवारी दर्ता गराएका छन् भने नेपाली काग्रेस बाट हिरा केशीले दर्ता गराएका छन् । रास्वपा बाट सुनिल लम्सालले उमेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी क्षेत्र नम्बर २ मा ४१ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेले बताए । यो क्षेत्रमा २१ दलका र २० जना स्वतन्त्र उमेदवारले मनोनयन दर्ता गराएका छन् ।  यो क्षेत्रमा नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले उमेदवार दर्ता गराएका छन् । नेपाली काग्रेस बाट चुन्न पौडेलले उमेदवार दर्ता गराएका छन् भने रास्वपा बाट सुलभ खरेलले दर्ता गराएका छन् । डा. निकोलस भुषालले स्वतन्त्र बाट उमेदवारी दर्ता गराएका छन् । 
क्षेत्र नम्बर ३ मा ३६ जनाले मनोनयन दर्ता गरेका छन् । रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले १९ दलका र स्वतन्त्र १७ जनाले उम्मेदवारी दिएको जानकारी दिए । 
यो क्षेत्रमा नेकपा एमाले बाट बासुदेव घिमिरे , नेपाली काग्रेस बाट शुसिल गुरुड., रास्वपा बाट डा. लेख जंग थापा , नेपाली कम्युष्ट पार्टी बाट फैज अहमद खांन र राप्रपा बाट प्रज्वल बोहोराले उमेदवारी दर्ता गराएका छन् । 
क्षेत्र नम्बर ४ मा २२ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत टोपबहादुर विष्टले जानकारी दिए । १५ राजनैतिक दल र स्वतन्त्र ७ जनाको मनोनयन दर्ता भएको छ ।यो क्षेत्रमा नेकपा एमाले बाट डा. प्रमोद यादव , नेपाली काग्रेस बाट आसुतोस मिश्र , रास्वपा बाट कनैया बनीया , जनता समाजवादी पार्टी बाट सरबेन्द्र नाथ सुक्लाले मनोनयन दर्ता गराएका छन् । 
क्षेत्र नम्बर पाँचमा २८ जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकृत गोपिकृष्ण रेग्मीले बताए । यो क्षेत्रमा दलबाट १९ र ९ जना स्वतन्त्रले उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा नेकपा एमाले बाट खिमलाल भट्र्रराई , नेपाली काग्रेस बाट भरत कुमार शाह , रास्वपा बाट तोफिक अहमद खांन , जनमत पार्टी बाट ओम प्रकाश यादव गुल्जारीले मनोनयन दर्ता गराएका छन् । 


लुम्बिनी चिन्तन

थप समाचार