Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सोसल मिडियाहरुमा अलि बढी घण्टी बज्या जस्तो छ ग्राउण्ड रियालिटी त्यस्तो देखिँदैन : उपेन्द्र यादव


  • लुम्बिनी चिन्तन
  • फाल्गुण ११, २०८२ सोमवार
  • 242
    SHARES

सोसल मिडियाहरुमा अलि बढी घण्टी बज्या जस्तो छ  ग्राउण्ड रियालिटी त्यस्तो देखिँदैन  : उपेन्द्र यादव

भैरहवा फागुन १२/

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको कुनै भूमिका नरहेको टिप्पणी गरेका छन्।

सोमबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा यादवले मधेशी जनताको अधिकारको लडाई हुँदा बालेन्द्र शाह (बालेन)  कहाँ हुनुहुन्थ्यो भन्दै प्रश्न गरे। ‘राष्ट्रिय राजनीतिमा पनि बालेनको कुनै धारणा सुनिँदैन। वैचारिक स्पष्टता छैन, दर्शन के हो थाहा छैन, मुद्दा के हो थाहा छैन,’ अध्यक्ष यादवले भने।

मधेशको मुद्दा बोक्ने, आदिवासी जनजाति, महिला, उत्पीडित वर्ग, महिला र राष्ट्रिय समस्यालाई बोक्ने पार्टी जसपा नेपाल नै रहेको यादवले दाबी गरे। ‘मधेशका जनताले तिनलाई राम्रोसँग बुझेका छन्। त्यसैले घण्टी हल्लाउँदैमा हल्लिने वाला छैन। अलिकति सोसल मिडियाहरुमा अलि बढी घण्टी बज्या जस्तो छ। तर, ग्राउण्ड रियालिटी त्यस्तो देखिँदैन,’ उनले भने।

मधेशी, आदिवासी, जनजाति, दलित, अल्पसंख्यक, मुस्लिम, दलित, थारु, पिछडा वर्गको समस्या समाधान गरे मात्र राष्ट्रिय एकता र विकासको गति अघि बढ्ने प्रष्ट पारे। विगत ३५ वर्ष कांग्रेस–कम्युनिस्टको नेतृत्वमा बनेका सरकारले कृषि, शिक्षा, स्वास्थ्य, उद्योगलगायतमा कुनै सुधार गर्न नसकेको उनको आरोप छ।

संविधान त्रुटीपूर्ण भएकाले समयक्रमसँगै संशोधन अपरिहार्य रहेको पनि अध्यक्ष यादवको धारणा छ।

त्यस्तै पार्टीका वरिष्ठ नेता तथा रुपन्देही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सर्वेन्द्रनाथ शुक्लाले मधेश आन्दोलनको बेला राज्यले निर्दोस नागरिकको हत्या गर्दा आफूहरु संयमित भएको उल्लेख गरे। ‘राज्यको अर्थतन्त्रलाई बचाएनौं भने भोलि त्यसको भोगाइमा हामी पनि पर्छौं भन्ने कुरामा जहिले पनि सर्तक बन्यौँ,’ उनले भने।

रुपन्देही क्षेत्र नम्बर ४ अन्तर्गत कोटहीमाई गाउँपालिका–७ स्थित परसहवामा आयोजित आम सभालाई सम्बोधन गर्न जसपा नेपालका अध्यक्ष यादव रुपन्देही आएका युवा नेता रवि कुमार रौनियारले जानकारी दिए।


लुम्बिनी चिन्तन

थप समाचार