Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

लुम्बिनी सरकारमा चार मन्त्री थपिदै


  • लुम्बिनी चिन्तन
  • बैशाख ६, २०७८ सोमवार
  • 1.6K
    SHARES

लुम्बिनी सरकारमा चार मन्त्री थपिदै

बुटवल । लुम्बिनी प्रदेशमा आफ्नो सरकार जोगाउन मूख्यमन्त्री शंकर पोखरेलले जसपाको साथ लिन तयारी भएको छ । सरकार विरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी र जनता समाजवादी पार्टीले अविश्वासको प्रस्ताव दर्ता गरेको केही घण्टामै सरकारका लागि नयाँ समीकरण सुरु भएको हो । नयाँ समिकरणले  शंकर पोखरेल विरुद्धको अविश्वास प्रस्ताव अलपत्र पर्ने निश्चित भएकाे छ । 
मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अबिस्वास प्रस्ताव दर्ता गरेको दुइघण्टा नबित्दै जनता समाजवादी पार्टीका सांसदहरु पोखरेल नेतृत्वकै सरकारमा सहभागी हुने भएका हुन् । सरकारमा सहभागी हुने पक्का भएसँगै लुम्बिनी प्रदेश सरकारमा चार जना मन्त्री थपिने भएका छन् । उनहिरुको आजै बेलुका ४ बजे सपथ ग्रहण हुने भएकाे छ । 
माओवादी केन्द्रका दुइजना मन्त्रीले राजिनामा दिएपछि रिक्त रहेका आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक बिकास मन्त्रालय संगै अन्य दुई मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गर्न लागेका हुन् । सरकारका बसेर सरकारकै विरोध गर्ने माओवादीकै मन्त्रीहरुले राजिनामा दिएका छन् । 
लुम्विनी प्रदेश सरकारले सामाजिक बिकास मन्त्रालय बिभाजन गरेर अरु २ मन्त्रालय बनाउने तयारी गरी रहेको छ ।
नियुक्त हुने मन्त्रीहरुको सोमबार नै सपथ ग्रहण गराउने तयारी गरिएको हो । अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका साम्सदहरु बिजय यादव सन्तोष पाण्डे र कल्पना पाण्डे र सुमन रायमाझी मन्त्री बन्ने टुंगो लागि सकेको छ ।


लुम्बिनी चिन्तन

थप समाचार