भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रीमण्डल पुर्नगठन गरेका छन् । पोखरेलले जनता समाजवादी पार्टी (जसपा)का चार प्रदेशसभा सदस्यलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्। आफू विरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने जसपाका सांसद सन्तोष कुमार पाण्डे, विजय बहादुर यादव, कपल्पना पाण्डलाई मन्त्री र सुमन शर्मा रायमाझीलाई राज्य मन्त्रीमा नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री शंकर पोखरेलले पाण्डेलाई भौतिक पूर्वाधार मन्त्रालयकाे जिम्मेवारी दिएका छन । रुपन्देही क्षेत्र नम्बर ३ क बाट तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट प्रदेशसभा सदस्यमा निर्वाचित पाण्डे जनता समाजवादी पार्टी नेपाल संसदीय दलका प्रमुख सचेतक पिन हुन न् । उनी भएका थिए । यस्तै विजय बहादुर यादवलाई भूमि व्यवस्था, कल्पना पाण्डेलाई शिक्षा तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् । यस्तै रायमाझीलाई राज्य मन्त्रीका रुपमा नियुक्त गरेका छन् । मन्त्री बनेका मध्ये कल्पना पाण्डे बाहेक अरु तीनै जनाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

नवनियुक्त मन्त्रीहरुलाई सोमबार लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले पद तथा गोपनियताको सपथग्रहण गराएका छन् । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका जसपाका सांसदहरु पोखरेल नेतृत्वकै सरकारमा सहभागि भएका छन् । विश्वासका प्रस्तावमा सांसद कल्पना पाण्डेले भने हस्ताक्षर गरेकी थिइनन् । आजै दिउँसो कांग्रेस, माओवादी केन्द्र र जसपाका ४१ सांसदको हस्ताक्षर सहित प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएको थियो।