Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा


  • लुम्बिनी चिन्तन
  • बैशाख १९, २०७८ आइतवार
  • 1.6K
    SHARES

मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

बुटवल । लुम्बिनी प्रदेश  मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन्। 
लुम्बिनी प्रदेश सभाको विशेष अधिवेसन आजबाट सुरु हुने थियो । लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष आइतबार राजीनामा पेश गरेको प्रदेश प्रमुख कार्यालयस्ल बताएको छ। प्रदेश सरकार गठन हुँदाको अहिलेको कानूनी परिस्थिती फरक भएकोले नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने उद्देश्यले पोखरेलले राजीनामा दिएको बताइएको छ।

मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरुले पेश गरेको अविश्वास प्रस्तावमा प्रदेश सभामा आजबाट छलफल सुरू हुने थियो ।

संविधानको धारा १६८ अन्तर्गत गठन भएको सरकार विघटन गरी धारा १६८ ९१० अनुसारको सरकार गठनका लागि पोखरेलले राजीनामा दिएको स्रोतले बतायो। मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि अहिले एमाले लुम्बिनी संसदीय दलको बैठक बसिरहेको छ।

संविधानको धारा १६९ को १ अनुसार राजीनामा बुझाइएको राजीनामा पत्रमा उल्लेख छ । मुख्यमन्त्रीको राजीनामासँगै लुम्बिनी प्रदेशमा सत्ता–समीकरणको खेल उथलपुथल भएको छ । माओवादीबाट एमाले प्रवेश गरेका दुई र जसपाबाट मन्त्री बनेका चार सांसद कारबाहीमा परेपछि प्रदेशसभा अहिले ८१ सदस्यीय छ । वैशाख ६ मा उनीविरुद्ध कांग्रेस माओवादीसहितका दलले अविश्वास प्रस्ताव ल्याएका थिए । दाङ क्षेत्र नम्बर २ क बाट चुनाव जितेका पोखरेल २०७४ फागुन ३ गते मुख्यमन्त्री बनेका थिए। 

२०७४ मा प्रदेश सरकार बनेपछि पहिलो पटक मुख्यमन्त्री पोखरेलको सरकार ढलेको हो। पोखरेल एमाले अध्यक्ष एंव प्रधानमन्त्री  केपी शर्मा ओलीका विश्वासपात्र हुन्। यसअघि अविश्वासको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता भएपछि मुख्यमन्त्री पोखरेलले आफूविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने जनता समाजवादी पार्टीका ४ जना सांसदलाई मन्त्री बनाएका थिए। 


लुम्बिनी चिन्तन

थप समाचार