भैरहवा । लुम्बिनी प्रदेश सरकारमा दुई मन्त्रीको पुनर्नियुक्ति भएको छ । आइतबार पुनःनियुक्ति भएका मुख्यमन्त्री शंकर पोखरेलले शिक्षा तथा सामाजिक विकास मन्त्रीमा कल्पना पाण्डे र भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा सुमन शर्मालाई मन्त्रीमण्डलमा पुनः समावेश गरेका हुन् । उनीहरु दुवै जसपाबाट मन्त्रिमण्डलमा सहभागी भएका हुन् ।
सोमबार पाण्डेलाई प्रदेश प्रमुख धर्मनाथ यादवले र शर्मालाई मुख्यमन्त्री शंकर पोखरेलले सपथ खुवाएका छन् । हिजै मात्र जनता समाजवादी पार्टीका २ जना नेताहरू सन्ताेष पाण्डे र बिजय बहादुर यादव पुनः मन्त्री भएका थिए । मुख्यमन्त्री शंकर पाेखरेलकाे सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले रुपन्देहीका पाण्डे र बांकेका बिजय बहादुर यादवलाई मन्त्री नियुक्त गरेका थीए । पाण्डे र यादवले यश अघि नै सम्हाल्दै अाएकाे भाैतिक पुर्वाधार बिकास मन्त्रालय र कृषि मन्त्रालयकाे जिम्मेवारी पाएका छन् । आज थप गरिएसँगै मन्त्रीमण्डल ७ जनाको पुगेको छ।