Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सरकार सडकमा आएको होइन, पार्टी जनताको बिचमा आएको हो – नेकपा जिल्ला सचिव बराल 


  • लुम्बिनी चिन्तन
  • माघ ३०, २०७७ शुक्रवार
  • 1.1K
    SHARES

सरकार सडकमा आएको होइन, पार्टी जनताको बिचमा आएको हो – नेकपा जिल्ला सचिव बराल 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अहिले देश व्यापी रुपमा जनतासामू आफ्नो धारणा अभियानको रुपमा लैजादै गरेको छ । आधिकारिक रुपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन नभएपनि देशमा दुई वटा समूहबाट एक आपसमा धारणा राख्दै छन । एउटै नाम, एउटै झण्डा, एउटै चुनाव चिन्हका लागि आफु आधिकारिक संगठन भन्दै दुवै पार्टी अभियानमा होमिएका छन । अभियानकै क्रममा ओली पक्ष प्रदेश कमिटीले फागुन १ गते बुटवलमा बृहद आम सभा गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौमा भएको सभामा उद्घोस गरेबमोजिम बुटवल र विराटनगरको सभा अर्को ऐतिहासिक सभा हुने घोसणा गरेका थिए । सभाको तयारी कहाँ पुग्यो, कस्तो सभा हुदैछ भन्ने सन्दर्भमा नेकपाका केन्दीय सदस्य तथा रुपन्देही जिल्लाका सचिव विश्वराज बराल (अनुप) संग नेपाल न्युज कास्टले गरेको कुराकानी ः


बुटवलमा हुने ऐतिहासिक भनिएको सभाको तयारी कस्तो छ?
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेशले आयोजना गर्न लागेको सभाको तयारी अन्तिम चरणमा पुगेको छ । पार्टी प्रदेश कमिटीले मातहतका सबैलाई कार्यविभाजन गरेर तयारी तिव्र पारेको छ । सभाको प्रचारको लागि युवा विद्यार्थीहरुले बुटवलमा मोटरसाइकिल ¥याली मार्फत एक झलक देखाएका पनि छ । खासगरी सरकारले चालेका कदमका बारेमा सरकारले गरेका कामका बारेमा पछिल्लो पटक पार्टीमा देखिएका समस्या र यसको अवस्थाका बारेमा जानकारी गराउने उद्देश्यका साथ यो आम सभा आयोजना हुन लागेका छ । लुम्बिनी प्रदेशका सबै जिल्लाबाट सहभागिता हँुदै छ । रुपन्देही जिल्लाबाट धेरै भन्दा धेरै सहभागिता रहने छ । जनताको समर्थन र जनताको अपेक्षा के छ भन्ने बारे बुटवलको माध्यमबाट राष्ट्रलाई सुनाउन कार्यक्रम आयोजना गर्दैछौं ।


नेकपा प्रदर्शनको होडबाजीमा छ । सत्ता पक्ष आफै सडकमा आउने टिकाटिप्पणी भएका छन, यसलाई कसरी महसुस गर्नु हुन्छ ?
सरकारमै भएपनि आम सभा गर्नु हुदैन भन्ने हुदैन । जनतालाई बुझाउन अभियान मार्फत हामी भ्रमलाई चिर्न सभाहरुको आयोजना गर्ने गर्छौ । जनतालाई भ्रममा पार्न प्रचण्ड माधव नेपालहरुले समूहले पहल गर्नुभएको छ, यसै अवस्थामा वास्तवीक कुरा के हो त भनेर जनतालाई बुझाउने हिसाबले बुटवलमा प्रदेश स्तरीय कार्यक्रम आयोजना भएको हो । सभाले यस क्षेत्रका जनतामा परेको भ्रंमलाई चिर्ने काम गर्छ ।


नेकपाका नेताहरुको द्वन्द देखिएको छ । आम सभा कस्तो खालको हुँदैछ, सहभागिता कस्तो हुन्छ ?
आम सभाको तयारी प्रदेश कमिटी कार्यालयले गर्दै छ । १२ वटै जिल्लाबाट सभामा उपस्थिती हुन्छ । नजिकका जिल्ला रुपन्देही, कपिलबस्तु, पाल्पा, नवलपरासी र अर्घाखाचीबाट राम्रो उपस्थ्तिी हुन्छ । अन्य जिल्लाबाट पनि प्रतिनिधी मुलक सहभागिता हुन्छ । जिल्लाका कामहरु हामी गर्दै छौँ । हामी जिल्लाका सम्पूर्ण स्थानबाट सहभागिता हुन्छ । प्रदेशभरको कार्यक्रमको तयारी अन्तीममा पुगेको छ । रुपन्देही जिल्लाबाट सबैभन्दा धेरै एक लाखको हाराहारीमा सहभागिता रहनेछ भने अन्य जिल्लाबाट एक लाख गरी २ लाख जनताका माझमा सभा गर्दै छौं । जनताकाबीचमा सही राजनैतिक उद्देश्य पु¥याउने हिसाबले यो कार्यक्रम गदै छौं । २ लाख जनता उतार्ने लक्ष्य छ त्यसै अनुरुप हामी अघि बढेका छौ ।
नागरिकले चिन्ता गर्ने ठाउँमा अवश्य छ, अर्को कुरा प्रमुख अध्यक्षको हिसाबले पार्टी प्रधानमन्त्री, संसदीय दलको नेताको हिसाबले मुख्य त हामी नै आधिकारिक नेकपा हौँ भनेर हामीले दावा गरेका छौँ यो कुरा सत्यपनि हो । 
अरु साथिहरुले सरकारले गरेका कामहरुको भ्रम सिर्जना गर्ने काम मात्रै हो । त्यसो हुँदा उनिहरुले भ्रम सिर्जना गरेका छन् । उनिहरुले अस्थीरता, अराजकता खोजेका छन् । हामी स्थायित्व र विकासका निम्ती जनताका बिचमा जाँदै छौँ जनतालाई सहि कुरा बुझाउन जाँदै छौँ । यसको गुणात्मक ढंगले तुलनात्मकरुपमा फरक छ । अन्तर छ सरकारले गरेका राम्रा कामको बारेमा जनताका बिचमा लैजाने हुँदा हाम्रो फरक सभा हो । हामीले नै सहि नेतृत्व गरेका छौँ ।


यहाँ नेकपा माओवादी पक्षबाट भएपनि अहिले ओली पक्ष पूर्व एमाले तर्फ हुनुहुन्छ किन ? पदको लोभका कारण भन्ने आरोप छ ।
माओवादी र एमाले भन्ने पार्टी हामीले विघटन गरेर नै नयाँ नेकपाको निर्माण गरेको हो । भावनात्मक निकटताको आधारमा नेपाल र नेपालको मुक्तिका लागि थियौ । स्वाधिनता समृद्धि र विकासको कुरा भएकोले पूर्व माओवादीमा थिए प्रचण्डको पछि या अरु कसैको पछि लागेको होइन । एजेण्डको आधारमा प्रचण्डको नेतृत्वको पार्टीमा थियौ, अहिले कमरेड केपीको पार्टीमा छौ समग्र देशको अवस्था बुझने बदल्ने मामलामा दुष्टिकोण र सरहकारबाट भएको पहलकदमी र बुझाई  मिल्दो भएकाले एक ठाउ भएको हो पदको लोभ होइन । पदको लागि प्रचण्ड र माधवकुमार नेपाल बहुमत अल्पमतको अभ्यास गर्नु भएकोले पार्टीको एकता विपरित भएकोले उहाहरुको नेतृत्वमा न लागेको हो । पदीय महत्वकक्षी भएको कारण यो अवस्था सृजना भएको हो । पदीय र स्वार्थको कुरा होइन म पहिला नै जिल्ला सचिव थिए अहिले नि छु बुझाई र एकताको कुरा हो ।  

 
सरकार सडकमा आएको होइन भन्नु हुन्छ, सरकार कै नेतृत्व देखिन्छ त भन्ने चर्चा छ यसलाई कसरी लिनुहुन्छ ?
नागरिकलाई म के स्पष्ट पार्न चाहान्छु कि सरकार सडकमा आएको होइन पार्टीको नेतृत्व सडकमा आएर अभियान गरिरहेको छ । पार्टीको अध्यक्ष समेत प्रधानमन्त्री नै भएकोले प्रमुख बक्ताको रुपमा सम्बोधन गर्नुहुन्छ । त्यसैले सरकार सडकमा आएको भने होइन । पार्टीले गरेका राम्रो कामहरुको बारेमा पार्टीले जनतालाई बुझाउँदै छ, भ्रमहरु चिर्ने काम हुन्छ ।
हिँजो राज्यसत्ताको दुरुपयोग गरेर पञ्चायतकालमा पञ्चले काम गर्ने गर्थे । जनतामा भ्रम सिर्जना गर्थे त्यो एउटा कुरा हो । यतिबेला हामी पार्टी सहित जनताको उत्साहमा कार्यक्रम गरेका छौँ । त्यसको नेतृत्व पार्टीले गरेको छ । पञ्चले गरेका काम र हाम्रो कार्यक्रममा आकास पातालको फरक छ । देशमा संघिय लोकतान्त्रीक गणतन्त्र छ स्थापित छ यतिबेला राज्यका संयन्त्रहरु देशमा क्रियाशील छन् । यसमा तुलना गर्नु अराजकता गर्न खोज्नु हो । अस्थीरता पैदा गर्न खोज्नु हो । जनतालाई भ्रमीत पारेर फेरी आफूलाई कहिँ स्थापित गर्न सकिन्छ कि भन्ने हो साथिहरु कमजोर हुँदै जानु भएको छ । यतिबेला हामीले जनताको बिचमा गरेका कामहरु गर्दै छौँ । केपी ओलीले जनताका काम गर्दा गर्दै प्रचण्ड, माधव नेपालहरुले ब्यक्तिगत स्वार्थका कारण काम गर्न दिएनन् भन्ने जनताले बुझेका छन्, भ्रममा कदापी पर्दैनन । 


आम सभामा बक्ताहरुको उपस्थिती कस्तो रहन्छ ?
प्रदेश कमिटीले दिएको जानकारी अनुसार पार्टीका अध्यक्ष केपी शर्मा ओली सभाको मुख्य बक्ताको रुपमा त्यसैगरी गृह मन्त्री राम बहादुर थापा बादलको उपस्थिती हुने तयारी छ । यसका साथै पार्टीका महासचिव विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल लगायत अन्य बरिष्ट नेताहरुको  सम्बोधन हुने कार्यक्रम सेड्युल बनेको छ । सभा अगावै प्रादेशिक अस्पतालबाट ¥याली सहित नेता तथा कार्यकर्ता आम सभा स्थल सिद्धेश्वर माविको मैदान पुग्ने छौ ।


लुम्बिनी चिन्तन

थप समाचार