काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको विशेष अधिवेशन सोमवार रातिदेखि अन्त्य गरेकी छन ।
सरकारले संसदमा विश्वासको मत लिन नसकेपछि बसेको मन्त्रिपरिषद्को बैठकले संसदको विशेष अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । राष्ट्रपति भण्डारीले वैशाख २७ गते सोमवार राति १२ बजेदेखि प्रतिनिधि सभाको विशेष अधिवेशन अन्त्य भएको उल्लेख गरेकाे विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।
तीन दिनभित्र बहुमतको सरकार गठन गर्न राष्ट्रपतिको आह्वान
राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनभित्र बहुमतको सरकार गठन गर्न दलहरूलाई आह्वान गरेकी छन ।
प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ ९२० अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई यही वैशाख ३० गते राति नौ बजेसम्म दाबी पेस गर्न आह्वान गरेकी हुन ।
यसअघि आज दिउँसो नै भएको मत विभाजनमा प्रधानमन्त्री केपी शर्मा ओली संसदमा विश्वासको मत जुटाउन असफल भएका थिए ।