Logo
२०८३, कार्तिक १२ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक १२ गते

सके मलाई हटाऊ, नसके मेरो नेतृत्वमा राष्ट्रिय सरकार बनाऊ, अहिले चुनाव गर्न सकिन्छः प्रधानमन्त्री ओली 


  • लुम्बिनी चिन्तन
  • जेठ ७, २०७८ शुक्रवार
  • 864
    SHARES

सके मलाई हटाऊ, नसके मेरो नेतृत्वमा राष्ट्रिय सरकार बनाऊ, अहिले चुनाव गर्न सकिन्छः प्रधानमन्त्री ओली 

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीकै बीचमा पनि चुनाव गर्न सकिने बताएका छन । महामारी उत्कर्षमै रहेका बेला अमेरिका, भारत लगायतका देशमा चुनाव भएको भन्दै उनले चुनाव परिस्थितिजन्य घटना भएकाले जुनसुकै बेलामा पनि चुनाव हुन सक्ने बताए ।

बालुवाटारमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले तोकिएका स्वास्थ्यका मापदण्ड अपनाएर चुनाव गराउन समस्या नहुने बताए । यस्तै अहिले अक्सिजनको अभाव हट्न थालेको, अस्पतालमा शय्या लगायतको क्षमता बढेको, खोप सबैलाई नसके पनि सकेसम्म धेरैलाई लगाइने भएकोले केही समयमा अवस्था सामान्य बन्दै जाने र त्यसपछि चुनाव गर्न समस्या नहुने बताए ।
संसद् विघटन नै नभए पनि फागुनमा पालिकाको चुनाव गर्नैपर्ने बाध्यता भएकोले केही अघि संसद्को चुनाव गर्न पनि असम्भव नरहेको ओलीको भनाइ छ । 

पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले विपक्षीहरूलाई वैकल्पिक सरकार बनाउन चुनौती दिएका छन् । वैकल्पिक सरकार बने आफू प्रतिपक्षमा बसेर सरकारलाई रचनात्मक सहयोग गर्न तयार रहेको बताए ।

‘वैकल्पिक सरकार बनाए भयो, वैकल्पिक सरकार बने म स्वागत गर्छु, तपाईँहरू वैकल्पिक सरकार बनाउनुहोस् मेरो रचनात्मक सहयोग रहने छ ।’ ओलीले आफूले आजै कांग्रेस सभापति शेबहादुर देउवालाई फोन गरेर राष्ट्रिय सरकार मिलेर बनाउन आग्रह गरेको बताए । ‘आज बिहान मैले शेरबरहादुर देउवालाई फोन गरेर भनेँ– तपाईँहरू सरकार बनाउनुहोस् । होइन, भने आउनुहोस् मेरो नेतृत्वमा राष्ट्रियस सरकार बनाउँ न त!’ उनले भने ।

ओलीले आफूलाई सर्मथन गरे संसद विघटन नहुने समेत बताए । ‘सक्नुहुन्न भने मलाई सर्मथन गर्नुहोस्,’ उनले भने, ‘कसले विघटन गर्न खोज्यो संसद ? मलाई सर्मथन गर्नुहोस् । महामारीका बेला सबै सरकारमा सहभागी होऔं । यस्तो बेलामा हामी सबै मिलेर कोभिड–१९ विरुद्ध लडौँ । तपाईँहरू वैकल्पिक सरकार बनाउनुहोस्, रचनात्मक भूमिका हाम्रो हुनेछ ।’


लुम्बिनी चिन्तन

थप समाचार