Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

कार्यदलले दियो एसईई र कक्षा १२ को परीक्षाका विकल्पहरु


  • लुम्बिनी चिन्तन
  • जेठ १४, २०७८ शुक्रवार
  • 1.6K
    SHARES

कार्यदलले दियो एसईई र कक्षा १२ को परीक्षाका विकल्पहरु

राष्ट्रिय परीक्षा बोर्डलाई माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को परीक्षाको मोडालिटीको विकल्प सहितको प्रस्ताव दिइएको छ । 

कोरोना भइरसको महामारीको समयमा जोखिमलाई मध्यनजर गर्दै सरकारले परिक्षा हाललाई स्थगित गरेको थियो । शैक्षिक सत्र खेर नजाने गरी के कसरी परिक्षा संचालन गर्नुपर्छ भनेर सुझावका लागि कार्यदल गठन गरिएको थियो ।  मोडालिटीको विषय अध्ययन गरी गठित कार्यदलले बिहीबार आफ्नो प्रतिवेदन बुझाएको छ । सङ्क्रमणको अवस्थामा विदेशका बोर्डहरूले गरेको अभ्यास र निर्णयलाई आधार मानेर प्रतिवेदन सिफारिस गरिएको छ । परीक्षाका विभिन्न विकल्प सुझाउँदै कार्यदलले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेललाई प्रतिवेदन बुझाएको हो ।

अब प्रतिवेदनउपर बोर्डको बैठकमा छलफल गरी सरकारसँग आवश्यक परामर्श गरी निर्णय गरिने जानकारी उनले दिए । कार्यदललाई सरोकारवालाले एसईईको परीक्षा विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा गर्नुपर्ने र कक्षा १२ को भने अन्तर्राष्ट्रिय मान्यतासमेत भएकोले परीक्षा लिनुपर्ने लगायतका सुझाव दिएकोे छ । 

खासगरी सङ्क्रमण अवस्थाको आकलन र परीक्षाको मोडालिटीलाई सँगै राखेर विश्लेषण गरेर मात्र निचोडमा पुग्नुपर्ने अवस्था रहेको अध्यक्ष पौडेलले बताए । सङ्क्रमणको अवस्थामा विदेशका बोर्डहरूले गरेको अभ्यास र निर्णयलाई आधार मानेर प्रतिवेदन सिफारिस गरिएको छ । 


लुम्बिनी चिन्तन

थप समाचार