Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

तिलोत्तमाका मेयर, उपमेयर ओली समूहमा


  • लुम्बिनी चिन्तन
  • फाल्गुण २, २०७७ आइतवार
  • 1.2K
    SHARES

तिलोत्तमाका मेयर, उपमेयर ओली समूहमा

भैरहवा । नेपाल कम्युनिष्ट पार्टी नेकपा एकिकरण नहुदै दुई खेमा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विशेषअधिकार प्रयोग गर्दै संसद विघटन गरेसँगै मातहतका नेता तथा कार्यकर्ता पनि समूह समूहमा विभाजन भएका छन । प्रचण्ड माब समूहमा लागेका रुपन्देहीे तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे, नगर उप–प्रमुख जागेश्वरी चौधरी पनि नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ओली समूहमा लागेका छन् । संसद विघटनको विरोध गर्दै दाहाल–नेपाल समूहको पक्षमा लागेका घिमिरे पुनः ओली समूहको पक्षमा आएका हुन ।
नेकपा महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सामाजिक सञ्जाल फेसबुकमा ‘हामी साथै छौं, साथै रहने छौं’ भन्दै मेयर घिमिरेसहित तिलोत्तमा नगर उपप्रमुख चौधरी तथा सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्कीसँग संयुक्त रुपमा खिचिएको तस्विर सार्वजनिक गरेका छन ।

aa.jpg
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ओली समूहले शनिबार बुटवलमा आयोजना गरेको विशाल जनसभाको भोलिपल्टै तिलोत्तमाका मेयर घिमिरेले समूह परिवर्तन गरेको सार्वजनिक भएको छ । घिमिरेका निकट स्रोतका अनुसार उनीसहित ठूलो समूह ओली समुहमा आउने भएका हुन् । 


लुम्बिनी चिन्तन

थप समाचार