Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशमा मतदान सुरु


  • लुम्बिनी चिन्तन
  • जेठ १७, २०७८ सोमवार
  • 1.2K
    SHARES

राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशमा मतदान सुरु

दाङ । राष्ट्रिय सभा सदस्य चयनका लागी लुम्बिनी प्रदेशमा मतदान सुरु भएकाे छ । मुख्यमन्त्री शंकर पाेख्रेलले पहिलो मतदान गरी विहान ९ बजेबाट मतदान सुरु भएकाेे हाे ।

घोराही स्थित कर्मचारी मिलन केन्द्रमा सुरु भएको मतदान दिउँसो ३ बजे सम्म हुनेछ । मतदान पश्चचात मतगणना गर्ने र नतीजा घोषणा गरि सार्वजनिक हुने प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिईकाेे छ ।  

नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली कांग्रेसका दृगनारायण पाण्डे चुनावी मैदानमा छन् । पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन छ । 

प्रदेश सभा सदस्यका ८३ र स्थानीय तहका प्रमुख, उप–प्रमुख, अध्यक्ष, उपाध्यक्ष गरी २१७ जना गरी जम्मा ३ सय जनाले मतदान गर्न पाउने छन् । निर्वाचनको अघिल्लो दिन निर्वाचन आयोगले मतदाता नामावलीमा चार जनाको नाम थपेको थियो । जनता समाजवादी पार्टीका चार जना प्रदेश सभा सदस्यले निर्वाचनमा मतदान गर्दैछन ।

राष्ट्रिय सभा उपनिर्वाचनमा प्रदेश सभा तर्फ ७९ जना मतदाता कायम भएकोमा निर्वाचन आयोगको जेठ १६ गते बसेको बैठकले चार जना प्रदेश सभा सदस्यको नाम पुरक मतदाता नामावलीमा समावेस गरेको हो ।

सन्तोषकुमार पाण्डे, बिजयबहादुर यादव, सुमन शर्मा रायमाझी, कल्पना पाण्डेले मतदान गर्न पाउने भएका हुन । यता निर्वाचन आयोगले गरेको निर्णयको विरोध गठवन्धले गरेको छ । 

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १८ हुन्छ । लुम्बिनीमा एमाले र गठबन्धनको उम्मेदवारको चिमा कडा टक्कर हुने विश्लेषण गरिएको छ । 

जनता समाजजादी र स्वतन्त्रबाट स्थानीय तहको निर्वाचन जीतेकाहरुनै निर्वाचन जिताउने आधार भएको ठान्दै दुवै पक्ष सोही मत तान्न कस्सिएको पाइएको छ । 

लुम्बिनी प्रदेशमा रहेका १०९ स्थानीय तहमा नेकपा एमालेका ९१, नेपाली कांग्रेस ६४, नेकपा माओवादी(केन्द्र) ३९, जसपा १३, राष्ट्रिय जनमोर्चा ५, राप्रपा २ र स्वतन्त्र ३ जना रहेको दावी गरिएको छ । 

लुम्बिनी प्रदेश सभा सदस्यको कुल संख्या ८७ हो । तर, अहिले कायम रहेको संख्या ८३ छ । एमाले गठबन्धनमा ४२ जना सांसद छन् । विपक्षी गठबन्धनका ४१ छन् । नेकपा एमालेका ३८, नेपाली कांग्रेसका १९, माओवादी केन्द्र १९ (विमला वली सहित), जसपा महन्थ पक्ष ४, जसपा उपेन्द्र पक्ष २ र राष्ट्रिय जनमोर्चाका १ सांसद लुम्बिनी प्रदेश सभामा छन् ।


लुम्बिनी चिन्तन

थप समाचार