Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

लुम्बिनी उपचुनाव : मतपरिणाम भर्चुअल माध्यमबाट, २ सय ९२ मत खस्याे


  • लुम्बिनी चिन्तन
  • जेठ १७, २०७८ सोमवार
  • 2.0K
    SHARES

लुम्बिनी उपचुनाव : मतपरिणाम भर्चुअल माध्यमबाट, २ सय ९२ मत खस्याे

दाङ। लुम्बिनी प्रदेशमा भइरहेको  राष्ट्रिय सभा उपनिर्वाचनको मतपरिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने भएको छ ।

कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै भर्चुअल माध्यमबाट मतपरिणाम सार्वजनिक गर्न लागिएको सहायक निर्वाचन अधिकृत मीनराज भट्टराईले जानकारी दिए । निर्वाचनका लागि दाङको घोराहीमा रहेको कर्मचारी मिलन केन्द्रमा तीन वटा मतदान स्थल तोकिएको छ । 

प्रदेशसभा सदस्यका लागि (क) गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि (ख) र कोभिड सङ्क्रमितका लागि (ग) मतदान केन्द्र तोकिएको हो । बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने छ ।

निर्वाचनमा नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनका तर्फबाट दीर्घनारायण पाण्डे उम्मेदवार रहेका छन । पाण्डे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चा पार्टीका साझा उम्मेदवार हुन।

जारी मतदानमा अब ८ मत खस्न बाकी रहेको छ । विहान ९ बजेदेखी जरी मतदानमा अहिलेसम्म २ सय ९२ मत खसेको छ । कुल ३ सय मतदाता मध्ये अहिलेसम्म २ सय ९२ मत खसेको हो ।

प्रदेश सभा सदस्य ८३ जना सबैले मतदान गरिसकेको र स्थानीय तर्फको ८ मत खस्न बाकी रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

 


लुम्बिनी चिन्तन

थप समाचार