Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

जेठ १९ गते लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आह्वान


  • लुम्बिनी चिन्तन
  • जेठ १७, २०७८ सोमवार
  • 1.3K
    SHARES

जेठ १९ गते लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आह्वान

बुटवल । लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले यही जेठ १९ गते बुधबार दिउँसो एक बजे प्रदेशसभा बैठक आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

प्रदेश सरकारले बजेटको तयारी गरिरहेका कारण प्रदेशसभामा बजेट पेश गर्नुपर्ने भएकाले अधिवेशन आह्वान गरिएको बुझिएको छ । पछिल्लो पटक मुख्यमन्त्रीमा शङ्कर पोखरेलको पुनः नियुक्तिसँगै उनको सिफारिसमा विशेष अधिवेशन अन्त्य गरिएको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार