Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

राष्ट्रिय सभाकाे लुम्बिनी प्रदेश उप निर्वाचनमा पाण्डे निर्वाचित


  • लुम्बिनी चिन्तन
  • जेठ १७, २०७८ सोमवार
  • 1.4K
    SHARES

राष्ट्रिय सभाकाे लुम्बिनी प्रदेश उप निर्वाचनमा पाण्डे निर्वाचित

दाङ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेपाली कांग्रेसका दृगनारायण पाण्डे निर्वाचित भएका छन् ।

सोमबार भएको राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै पाण्डे राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् ।

राष्ट्रियसभा सदस्यमा निर्वाचित पाण्डेले ४१४० मतभार प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी खड्काले ३६१२ मतभार पाए । राष्ट्रियसभा सदस्यमा निर्वाचित कांग्रेसका पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।

उपनिर्वाचनमा पराजित भएका खड्का नेकपा माओवादी केन्द्र त्यागेर एमालेमा प्रवेश गरेका नेता हुन् ।  २३ फागुनको सर्वोच्च अदालतको फैसलासँगै एमाले र माओवादी केन्द्र ब्युँतिएपछि खड्काले एमालेमा प्रवेश गरेका थिए । एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रले कारबाही गरेपछि खड्का पदमुक्त भएका थिए ।  पदमुक्त भएपछि उपनिर्वाचनमा एमालेले माओवादी छाडेर आएकै खड्कालाई उम्मेदवार बनाएको थियो । 

निर्वाचनमा स्थानीय तहतर्फ बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवल शमशेर राणा, बाँकेकै नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह र गुल्मीको गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापा मतदानमा उपस्थित भएनन् ।

निर्वाचनमा कुल तीन सय मतदातामध्ये २ सय ९७ जनाले मतदान गरेका थिए । 


लुम्बिनी चिन्तन

थप समाचार