काठमाण्डौ । जनता समाजवादी पार्टी जसपा को उपेन्द्र यादव पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित चार जना नेतालाई निष्कासन गर्ने निर्णय गरेको छ । यादवको अध्यक्षतामा बसेको पार्टीको कार्यकारिणी समितिको बैठकले ठाकुरसहित नेताहरू राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गर्ने निर्णय गरेको हो । यादव पक्षले यसबारे निर्वाचन आयोगलाई पनि जानकारी गराइसकेको छ ।
पछिल्लो पटक प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णयलाई ठाकुर पक्षले समर्थन गरेको छ भने यादव पक्ष कांग्रेस–माओवादीको विपक्षी गठबन्धनमा छ ।
अध्यक्ष उपेन्द्र यादवलाई पनि ठाकुर पक्षले सोही दिन स्पष्टीकरण सोधिएको थियो । तर उनले अझै जवाफ दिएका छैनन् । उनलाई पठाएको पत्रमा पनि २४ घण्टाभित्र चित्त बुझ्दा जवाफ नदिए पार्टीबाट निष्कासनसम्मको कारवाही हुने पत्रमा उल्लेख थियो ।
सोमबार प्रधानमन्त्री ओलीसँग भेटेपछि सरकार जाने सहमति भइसकेको छ । प्रधानमन्त्री ओलीसँग भएको वार्ता अनुसार आठ मन्त्री र दुई राज्यमन्त्री दिने सहमति भएको छ । तर पार्टीमा क–कसलाई सरकारमा पठाउने भन्ने विषयमा सहमति हुनसकेको छैन । हिजो पनि मन्त्रीका विषयमा छलफलका लागि ठाकुर पक्षको बैठक बसेको थियो तर सहमति हुन सकेन ।