भैरहवा । नेपाली कांग्रेसका केन्द्रिय सभापति शेर बहादुर देउवाले सर्वोच्च अदालतले गर्ने निर्णय हामीले मान्ने बताएका छन ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति रुपन्देहीको आयोजनामा भैरहवामा भएको विरोध सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले अदालतको निर्णय हामीले पहिलै देखि मान्दै आएका छौ अहिले पनि मान्ने बताए ।
निर्वाचन आयोगको काममा पनि शंका रहेको बताएका छन ।
‘संसद विघटन भएको ६ महिनामा चुनाव गरिसक्नु पर्छ, चुनावको कार्यक्रम ल्याउनु भन्दा पनि निर्वाचन आयोग सर्वोच्च अदालतको निर्णय पर्खिनुमा नै शंका रहेको छ । आयोगको काम अदालतको निर्णय पर्खिनु भन्दा पनि निर्वाचनको कार्यक्रमहरु अघि सार्ने र चुनावको तयारीमा लाग्नु पर्छ’ देउबाले भने
अहिलेको सरकारले भ्रष्टाचार बढाएको छ, कहाँ बाट पैसा कमाइन्छ भन्दै कोरोना जस्तो महामारीमा पनि भ्रष्टाचार गरेको छ । उल्टै देश र जनतामाथि ऋणको भार बोकाउदै गएको कम्युनिष्ट सरकारले आफैमा झगडा गरेर हामीलाई तमासा देखाएको आरोप लागाए । आयोगले सुर्य चिन्ह कस्को भन्ने निर्णय गरिदिनु पर्छ, कसैलाई नदिएर छुट्टाछुट्टै चिन्ह दिएर भए पनि निर्णय गराउनु पर्ने आयोगको काम हो देउवाले भने ।
कम्युनिष्ट सरकारले मनपरी काम गरिरहेका छन । राजा भन्दा पनि ठूलो अहिले प्रचण्ड र ओली भएको बताउदै सर्वोच्चमा विचारधिन मुद्धा रहेको विषयमा पक्ष विपक्ष भएर बहुमतको सरकार आफै जुलुस र सभा गर्ने होडबाजी गरेको बताए ।
सभामा बोल्दै केन्द्रिय सदस्य तथा संसदीय दलको सचेतक बालकृष्ण खाँणले कम्युनिष्टको सरकार बनेपछि यहाँका जनतालाई रुन पनि मिलेको छैन हास्न पनि मिलेको बताउदै स्वतन्त्र पत्रकारिता तथा मानवअधिकार माथी विधेयक ल्याएर कुण्डित गर्ने कार्य गरेको जुन अहिले पनि पास भएको छैन । ओली सरकारले कुनै पनि राहतको कार्यक्रम नल्याइ जनताको सुरक्षा भन्दा पनि आफ्नो सुरक्षामा मात्र ध्यान दिएको बताए । संविधानको प्रतिकुल हुने काम प्रधानमन्त्रीले गरेर असंबैधानिक, सर्वसत्ताबाद र अधिनायबाद कदम चालेको बताए ।
विरोध सभामा बोल्दै संघीय सांसद तथा पूर्व मन्त्री भरत शाहले आसभा भन्दै गरेका दामसभा सबै एमालेका रेडिमेड मान्छे हुन जहाँ सभा हुन्छ त्यही पुग्छन । संविधान भनेको देशको मुटु हो यसमा आच आउन दिदैनौ, र त्यस्तो गर्नेलाई धुलो चटाउने बताए ।
बहुमतको सरकारले गरेको प्रतिनिधी सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम तथा वर्तमान सरकारले सृजना गरेको भ्रष्टाचार कुशासन विरुद्ध आयोजित विरोध संघीय सासंद प्रमोद यादव, प्रदेश सासंद रमा अर्याल, जिल्ला सभापति अब्दुल रज्जाक, क्षेत्र नम्बर ३ का सभापति मातृका यादव, दिलीप धिताल जिल्ला सचिव रामकृष्ण खाण लगायतले सम्बोधन गरेका थिए ।
भैरहवाको बुद्धचोकबाट विरोध र्याली नारायणपथ, मिलनचोक गल्लामण्डी हुदै हनुमान मन्दिरमा पुगेर बिरोध सभामा परिणत भएको थियो ।