कृष्ण अन्जान /रुरु । समय यति फेरिएको छ गाउँ घर तिर बुढा बा आमा बाहेक घरमा अरु बस्दैनन । छोरा बिदेश तिर छन भने बुहारी छोरा छोरी पढाउन भन्दै शहरमा डेरा डण्डा सारेका छन। जागिरे छोरा छन भने बुहारी सँगै छन । गाउँको रखवालीको ठेक्का बुढा बा आमा सँग छ ।
कतिका छोरा बुहारी छोरी ज्वाइँ अमेरिका अष्ट्रेलिया तिर छन उतै कमाउँछन खान्छन ।बा आमा प्रति चिन्ता गर्ने समय छैन । बुहारी छोरी सुत्केरी भए भने तेल घसघास भिषामा आमा बा लाई दुईचार महिना उतै बोलाएर सस्तो कामदारको रुपमा कज्याउँछन र फिर्ता पठाउँछन । यहि हो अहिलेको नेपाल । छोरा छोरीहरु लाई हुर्काए पढाए बढाए पछि उनिहरुले गाउँ छाड्छन र बा आमाले मात्र गाउँ कुर्छन । तर बा आमालाई छोराछोरीले नपाले पनि सरकारले पाल्न थालेपछि उनिहरु खासै दुखि छैनन । रुरुक्षेत्र १ च्यूरेक कि पुनम विक का को अनुहारमा यतिवेला खुशि छाएको छ ।
मासिक दुई हजार सामाजिक शुरक्षा भत्ताले गुजारा चलाउँदै आएको भत्तामा सरकारले मासिक एक हजार थपिदिने भएको छ । धन्न सरकार रैछ नभए कसरी जिउँथे होला पुनमले दुई हात जोड्दै भन्नु भयो जय होस सरकार । पुनम जस्ता लाखौं बा आमा का अनुहार यति बेला उज्यालो छ ।अब दुई हजार महिना पाउने ले तीन हजार र तीन हजार पाउनेले चार हजार भत्ता पाउने छन । गाउँ घरमा जीवन जिउने बा आमाका लागि मासिक चार हजार भत्ता धेरै हो ।दुइजनाको मासिक आठ हजार हुन्छ र चार महिनाको बत्तिस हजार ।
एक जनाको चार हजारले चौमासिक सोह्र हजार गाउँमा यो ग्वाम्मै ठुलो रकम हो ।मज्जाले रासन पानी पुग्छ । मनमोहन प्रधानमन्त्री हुँदा मासिक एक सय बनाइएको बृद्ध भत्ता कम्युनिस्ट सरकार जतिबेला आयो त्यति बेला नबढेको समय नै छैन ।एक सय भत्ताबाट मासिक चार हजार पुग्दा सरकारले बृद्धअबश्थाका लाई सम्मान मात्र होइन जीउने आधार समेत दिएको बुझाई छ रुरुक्षेत्र १ च्यूरेक कि द्वन्द पिडित आमा यमकला ज्ञवालीको । एक सय दिँदा यति जाबो भन्थे नहुनिलाइ एक सय पनि ठुलो हो झन अहिले त महिनाको चार हजार पुगो गाउँमा त उस्तैलाइ खान पुग्छ ज्ञवालीले भन्नु भयो । नपुग्दो त केही छैन तर राज्यले सम्मान गरेको अनुभुति गरेका छु रुरुक्षेत्र ३ का जनकलाल श्रेष्ठले भन्नु भयो ।
गाउँघरमा बस्ने बा आमाले यहि बृद्द भत्ता कहिले आउँछ भनेर कुर्ने गरेको र पटकपटक हाम्रो भत्ता कहिले आउँछ भनेर सोध्ने गरेको बताउनु हुन्छ रुरुक्षेत्र गाउँ पालिका वडा न ३ का वडा सचिव बालकृष्ण गौतम । हुनपनि यो भत्ता त बुढेसकालको सहारा भएको छ वडा सचिव गौतमले भन्नु भयो । बा आमा ले भत्ता बुझ्न थालेपछि छोरा छोरिले पनि बा आमा लाई पहिला भन्दा बढि माया स्याहार गरेको आफुले पाएको रुरुक्षेत्र गाउँ पालिका वडा २ का वडाध्यक्ष घनस्याम अर्यालको भनाइ छ ।
यो सामाजिक शुरक्षा भता वास्तवमै बुढा बा आमा शारिरिक अपाँगता भएका एकल महिला हरुलाइ राज्यले गरेको सम्मान भएको वडाध्यक्ष अर्यालले बताउनु भयो । जीवनका पछिल्ला चरण बा आमा का लागि जीवन कष्टकर हुन्छन।बिदेश मा पुगेका छोरा बुहारी हरुलाइ कमाएको खान ठिक्क हुने ।छोराको कमाइ बुहारीलाई शहरमा बसेर छोराछोरी पढाउँदै ठिक्क हुँदै गर्दा एक मुठि सास धान्न सरकारले गरेको भत्ताको ब्यबस्थाले गाऊँघरमा बा आमालाइ जीवन यापन गर्न सजिलो भएको छ र बुढा बा आमाले सरकारलाई धन्यवाद दिइरहेका छन ।