भैरहवा । राजनितीमा होमिएका राजनैतिक दलहरु पनि अहिले महामारीको समयमा मानविय सेवामा खटिएका छन । कसैले खाद्य पदार्थ त कसैले खाद्यान्न वितरण गर्दै आएका छन । आइशोलेशन तथा अस्पतालमा स्वास्थ्य सामाग्री, रक्तदान, शव व्यवस्थापन, पौष्टिक आहार तथा पानी वितरण लगायतका कामहरु पनि विभिन्न राजनैतिक दल तथा भातृ संगठनहरुले निरन्तर महामारीमा गरिरहेका छन ।
राष्ट्रिय जनमुक्ति पार्टी रूपन्देहीले पनि जेठ महिनाको दोस्रो साताबाट भैरहवाको बसपार्क, सडकको छेउ, भीम अस्पताल र बुटवलको बसपार्क, सडक बालबालिका, कोरोना अस्पताल बेसकैम्प, कोरोना अस्पताल तिलोत्तमा दिउँसोको भोजन र फलफूल वितरण गरिरहेको छ ।

कोरोना भाइरसको माहमारीलाई न्यूनिकरण तथा रोकथाम गर्न स्थानीय प्रशासनले बैशाख १६ गतेदेखि नै जिल्ला भर निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाका कारण हात मुख जोर्न समस्या भएका र विभिन्न अस्पतालमा उपचाररत विरामी र अन्य नागरिकलाई पनि खाना वितरण गर्दै आएको राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला कार्य समिति रुपन्देहीले जानकारी दिएको छ ।

पार्टीले विपन्न परिवारमा खाद्यान्न वितरण देखि लिएर रगतको अभाव नहोस भन्दै जनमुक्ति युवा महासंघमार्फत रक्तदान पनि सम्पन्न गरेको छ । पिडामा रहेको जो कोहीलाई पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
पार्टी कार्यालयले मानविय कार्यलाई सहयोग गर्ने दाता र कोरोना भाईरसको डर नमानी खट्निे पार्टीका सबै नेता, युवा, महिला, शुभचिन्तकहरुमा धन्यावाद ज्ञापन गर्दै महामारीलाई सबै एक भई परास्त गर्न सबैले हातेमालो गर्न आग्रह गरेको छ ।
