भैरहवा। आज श्रीपञ्चमी अर्थात सरस्वती पुजा । भैरहवामा पनि सरस्वतीको विधिपूर्वक पूजा आराधना, स्तोत्रपाठ गरी मनाइएको छ । कोरोनाको जोखिमका कारण केही शैक्षिक सस्थाहरुले सामूहिक पुजापाठ नगरेपनि अन्य भैरहवा वरपर रहेका विद्यालय, कलेज र शैक्षिक संस्थाहरुले पुजापाठ, सांस्कृतिक तथा सम्मान सहितको कार्यक्रम गरी मनाएका छन ।
मन्टेश्वरी स्कुलले पनि नि ः शुल्क भर्ना लगायतका सुविधा दिइ सङ्गीत, ज्ञान अनि विद्याकी देवी सरस्वती माताको पुजा, भक्ती अनि आरधना गराउदै साना साना भाई बहिनीहरुलाई अक्षराम्भ गर्दै सरस्वती पुजा मनाएका छन ।

श्रीपञ्चमीकै अवसरमा शैक्षिक सस्थाहरुलाई रङ्गका तोरणहरु झुण्ड्याएर, शैक्षिर्क सजिसजाउ बनाइएको छ । विशेषगरी विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, पत्रकारहरुले आआफ्ना कलासाधनाका उपादानहरु कापी, कलम, वाद्ययन्त्र, कुचीलगायतको श्रद्धापूर्वक पूजा गरी मनाउने गरिन्छ ।
आजको दिन बालबालिकालाई अक्षर आरम्भगराउने सर्वोत्तम दिन मानेर पठनपठन सुरु गरिन्छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाउने गरिन्छ । ऋतुहरुको राजा वसन्तको सुरुवात हुने दिन भएकाले यस दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ ।
वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने, विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने र आजैको दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ ।

आजकै विशेष दिन पारेर मायादेवी च्यरिटेबल फाउन्डेसनले आफ्नै संयोजकत्वमा सिद्धार्थनगर २ स्थित श्री मेउडिहवा आधारभुत बिद्यालयमा व्यवसायिक भवनको पनि शिलान्यास भएको छ । शिक्षक र विद्यार्थीहरुको विकासका लागि विद्यालयको आयस्रोत बृद्धि गर्न फाउण्डेसनका अध्यक्ष रबिकुमार रौनियारको संयोजकत्वमा भवन निर्माण गर्न लागिएको छ । भवनको शिलान्यास लुम्बिनी प्रदेशका सासंद सन्तोस पाण्डेले गरेका छन । २२–२३ लाखको लगानीमा बन्न लागेको भवन १५ फीट चाैडाइ ७५ फीट लम्बाइकाे रहनेछ । ३ महिनामा निर्माणसम्पन्न गर्ने लक्ष्यका साथ उद्योगी, व्यवसायी तथा समाजसेवीहरुको सहयोगमा पाँच वटा सटर बनाइने छ ।













