भैरहवा । राष्ट्रिय जनमुक्ती पार्टी रूपन्देहीले आज १७ औँ दिन पनि निशुल्क खाना तथा फलफूल वितरणलाई निरन्तरता दिएको छ ।
जनमुक्ती जनसेवा अन्तर्गत विपन्न परिवारलाई आज भैरहवा, तिलोत्तमा, बुटवल र देवदहको विभिन्न स्थान खाद्यान्न वितरण गरेको हो । पार्टीले जेठको दोस्रो साता देखि जिल्लाका विभिन्न ठाँउमा निशुल्क खाना तथा फलफूल वितरण गर्दै आएको छ ।
आज आइतबार पार्टीले भैरहवा पार्टी कार्यलयमा केन्द्रीय सचिव सूर्य सारूमगरको उपस्थितिमा १०० घर परिवारलाई राहत वितरण गरेको छ ।
सरकारद्वारा जारी निषेधाज्ञाका कारण जनजीवन कष्टकर बन्दै गइरहेको बेला विशेष गरि निम्न आए भएका र दैनिक श्रम गरेर गर्जो टार्ने वर्गका मानिसहरुमा यसले नराम्रोसंग प्रभाव परेको छ । यहि अवस्थालाई मध्यनजर गरेर राष्ट्रिय जनमुक्ति पार्टीले राहतको रुपमा दैनिक उपभोग्य वस्तु, खाद्यान्न तथा खाना वितरण गरेके हाे ।
चामल, पाँच किलो गहुँको पिठो, तेल, नुन, मस्यौरा लगायतका खाद्यान्न सामग्री वितरण गरेको पार्टीले जनाएकाे छ ।
नगर अध्यक्ष प्रेम गुरूङ्गको अध्यक्षतामा नगर उपाध्यक्ष रेखा प्रसाद चौधरी,जनमुक्ति युवा महासंघका नगर अध्यक्ष पवन थापा र वार्ड कोषाध्यक्ष कुसुम थापा लगायतको उपस्थितिमा उनीहरुलाई राहत प्रदान गरिएको थियो ।