Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सिद्धार्थ आधारभुत विद्यालयको अभिभावकत्व रोटरी क्लब


  • लुम्बिनी चिन्तन
  • फाल्गुण ५, २०७७ बुधवार
  • 998
    SHARES

सिद्धार्थ आधारभुत विद्यालयको अभिभावकत्व रोटरी क्लब

भैरहवा । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले श्री सिद्धार्थ आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीको अभिभावकत्व लिएको छ । अन्तर्राष्ट्रिय साक्षरता अभियान अन्तर्गत २०३० सम्म नेपाललाई साक्षर बनाउने उद्देश्य अनुरुप दयनीय अवस्थामा रहेको सिद्धार्थनगर १२ अवस्थित  सो विद्यालयमा अध्यननरत सबै छात्रछात्राको शिक्षाको जिम्मा सस्थाले आफ्नो अभिभावकत्वमा सञ्चालन गर्न लागेको हो । विद्यालयमा अध्यनरत विद्यार्थीहरुको पठन पाठनमा समस्या देखिएको खबर हामीले पाए पछि सबै विद्यार्थिहरुको शिक्षाको जिम्मा क्लबले लिएको छ । अभिभावकत्व लिए पश्चात क्लबले सो विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि दुई लाख पच्चिस हजार मुल्य बराबरको स्टेशनरी, खेलकुद, पोशाक र एक सेट कम्पयुटर हस्तान्तरण गरेको छ । 
क्लबका अध्यक्ष हिरा बहादुर शाहको अध्यक्षता कार्यक्रम संयोजक दिनेश पौडेलको स्वागत तथा प्रिया बन्धु न्यौपानेको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी सिद्धार्थनगर वडा नम्बर १२ का वडा अध्यक्ष करुञ्जन श्रेष्ठ, विशिष्ट अतिथी गोबिन्द प्रसाद बस्याल, दिपक क्षेत्री न्यौपानेले रोटरीको सामाजिक क्षेत्रमा महत्वपूर्ण योग्दान रहेको बताउदै नेपाललाई नै साक्षरता बनाउने अभियान लिई सामाजिक क्षेत्रमा सकरात्मक काम गरीरहेको  बताए । विद्यालय चलाउन अप्ठयारो भइरहेको समयमा शिक्षा क्षेत्रमा लगानी गरी यहाको विद्यार्थीकको भविष्य उज्जवल तर्फ अग्रसरता दिएको बताए ।  


लुम्बिनी चिन्तन

थप समाचार