Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

स्टार सिद्धान्त खड्कालाई वृज सिमेन्ट प्रदान


  • लुम्बिनी चिन्तन
  • फाल्गुण ११, २०७७ मंगलवार
  • 984
    SHARES

स्टार सिद्धान्त खड्कालाई वृज सिमेन्ट प्रदान

काठमाडौं । वृज सिमेन्टले स्टारको सिद्धान्त खड्कालाई सिमेन्ट प्रदान गरेकाे छ । वृज सिमेन्ट उद्याेग रूपन्देहीले सांगितिक रियालीटि शो कार्यक्रम नेपालका स्टार खड्कालाई घर बनाउन सिमेन्ट हस्तान्तरण  गरेकाे हाे । नेपाल टेलिभिजनबाट प्रसारित उक्त शो को उत्कृष्ट ६ मा पर्न सफल भएका थिए ।
वृज सिमेन्ट इण्डष्ट्रिजले उनको झापा जिल्लाको केर्खामा अवस्थित आफनै निवासमा उधोगको कारखाना रुपन्देहीबाट कम्पनीले स्वयं ढुवानी गरिदिएको छ ।
उनको घर निर्माणका लागि चाहिने सबै सिमेन्ट आफुहरुले नै उपलब्ध गराइदिने कम्पनीका कार्यकारी निर्देशक मोहित केडियाले बताएका छन् ।
खड्का नेपाल स्टारको इटहरी अडिसनबाट नेपाल स्टारमा प्रवेश गरी उत्कृष्ट छैटौ स्थानबाट भोटको आधारमा बाहिरिएका थिए । नेपाल स्टारको पावर प्याक गायकको रुपमा सिद्धान्त खड्कालाई निर्णायकहरुले लिएका थिए ।
उक्त्त सहयोग पुष्पतारा केडिया सेवा फाउण्डेशनको सहकार्यमा वृज सिमेन्टले प्रदान गरेको हो ।  पुष्पतारा केडिया फाउण्डेशन स्वास्थ्य, शिक्षा, खेलकुद एवं सांस्कृतिक उत्थानको लागि कार्य गर्ने उद्धेश्यका साथ स्थापना गरिएको गैर नाफामुलक सामाजिक संस्थाको रुपमा रहेको छ ।


लुम्बिनी चिन्तन

थप समाचार