भैरहवा, ०६ भाद्र । सिद्धार्थनगर नगरपालिकाको वडा नं. ६ मा अवस्थित मुन लाइट आवासीय माध्यमिक विद्यालयले नेपाली महिलाहरूको महान चाड हरितालिका तीजको अवसरमा आयोजीत “तीज गीत नृत्य प्रतियोगिता २०८२“ सम्पन्न भएको छ। कार्यक्रम उद्योग वाणिज्य संघको सभाहलमा विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालय परिवारको बाक्लो उपस्थिति बीच उत्साहपूर्वक सम्पन्न भएको हो।

कार्यक्रममा विद्यालयका सव–जुनियर, जुनियर र सिनियर गरी तीन तहका विद्यार्थीहरूले विभिन्न सांस्कृतिक तीज गीतमा आकर्षक नृत्य प्रस्तुति दिएका थिए। विद्यार्थीहरू परम्परागत तीज पोशाकमा सजिएर नृत्य प्रस्तुत गर्दा उपस्थित दर्शकदीर्घा ताली र उत्साहले भरिएको थियो।
सव–जुनियर तह (कक्षा ३, ४, ५) मा कक्षा ४ ‘मुन’ समूहले प्रथम स्थान हासिल गर्न सफल भयो भने कक्षा ३ ‘मुन’ समूह द्वितीय र कक्षा ४ ‘सन’ समूह तृतीय भए।
जुनियर तह (कक्षा ६ र ७) मा कक्षा ७ ‘सन’ समूहले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हात पा¥यो। त्यसैगरी, कक्षा ६ ‘स्टार’ समूह द्वितीय र कक्षा ७ ‘मुन’ समूह तृतीय भयो।
सिनियर तह (कक्षा ८, ९, १०, ११, १२) मा कक्षा ९ ‘सन’ समूहले प्रतियोगितामा बाजी मार्दै प्रथम स्थान हासिल ग¥यो। कक्षा ९ ‘मुन’ समूहले द्वितीय स्थान पायो भने कक्षा ८ ‘मुन’ समूह तृतीय स्थान हासील गर्न सफल भयो।
कार्यक्रममा बोल्दै विद्यालयका कार्यबाह प्राचार्य टिकारम भट्टराईले विद्यार्थीहरूको सांस्कृतिक अभिरुचि र प्रस्तुतिप्रति प्रशंसा व्यक्त गर्दै भन्नुभयो, “शैक्षिक गतिविधिसँगै कला र संस्कृति जगेर्ना गर्न विद्यार्थीहरूलाई प्रोत्साहित गर्नु हाम्रो दायित्व हो। यस्ता कार्यक्रमले विद्यार्थीको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै नेपाली सांस्कृतिक पहिचानलाई पनि बलियो बनाउँछ।”
त्यसैगरी, विद्यालय व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष कुल प्रसाद न्यौपानेले समेत कार्यक्रममा आफ्नो मन्तव्य राख्दै भन्नुभयो, “विद्यालयले आयोजना गरेको यस्तो सांस्कृतिक कार्यक्रमले विद्यार्थीको समग्र व्यक्तित्व विकासमा टेवा पु¥याउँछ। आगामी दिनहरूमा पनि यस्ता सिर्जनात्मक गतिविधिहरूलाई निरन्तरता दिइनेछ।” उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।