Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सिउवा अधिवेशन : कोषाध्यक्ष बाहेकका पदाधिकारी निर्विरोध हुदै


  • लुम्बिनी चिन्तन
  • फाल्गुण ११, २०७७ मंगलवार
  • 1.2K
    SHARES

सिउवा अधिवेशन : कोषाध्यक्ष बाहेकका पदाधिकारी निर्विरोध  हुदै

६ उद्योग सदस्यका लागि १७, ११ वाणिज्य सदस्यको लागि २२ जनाको आकांक्षा

भैरहवा । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आगामी फागुन २१ र २२ गते ६२ औं साधारणसभा तथा अधिवेशन हुदैछ । २८ पदका बाट नयाँ नेतृत्व चयन हुने भएपनि कोषाध्यक्ष बाहेकका सबै पदाधिकारी निर्विरोध निर्वाचित हुने देखिएको छ । भोली १२ गते उम्मेदवारको मनोनयन हुदैछ,  हाल सम्म पादधिकारीको आकाक्षीको रुपमा हालका वरिष्ठ उपाध्यक्ष भिष्म प्रसाद न्यौपाने अध्यक्ष पदको लागि, बाणिज्य उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठ बरिष्ठ उपाध्यक्षमा, महासचिव नेत्र न्यौपाने वाणिज्य उपाध्यक्षमा, उद्योग उपाध्यक्ष अरुण गोयन्का यस वर्ष देखि थपिएको करर्पोरेट उपाध्यक्षमा, कोषाध्यक्ष दिलीप कान्दु उद्योग उपाध्यक्षमा, सचिव विजय पाण्डे महासचिवमा, हालका मनोनित सदस्य दिपेन्द्र प्रधान सचिव पदमा उम्मेदवारी दिने गरी प्रचार प्रसार गरिरहेका छन । त्यस्तै कोषाध्यक्ष पदका लागि अहिलेका कार्य समिति सदस्य गोबिन्द ज्ञवाली र पूर्व कार्य समिति सदस्य तथा कोषाध्यक्षका उम्मेदवार रवि श्रेष्ठले उम्मेदवारी दिने घोसणा गरि प्रचार प्रसार गरिरहेका छन । 


यसरी पदाधिकारीहरुमा एक–आपसको समझदारी गरी निर्विरोध हुने गरी रोलक्रम अनुसारको पालो भन्दै उम्मेदवारी घोसणा गरेका छन । पदाधिकारीमा हालको कार्यसमिति भन्दा बाहिरका सदस्यहरु पनि आउने चर्चा भएपनि अहिले सम्म पदाधिकारी पदका लागि रवि श्रेष्ठ बाहेक सबै सदस्यहरु व्याक भएका छन । संघलाई बाहिरबाट नै सहयोग गर्ने भनि पूर्व कार्यसमितिका सदस्यहरु मौन अवस्थामा छन । 


निर्वाचनको मिति नजिकिदै गएसँगै संघमा आबद्ध उद्योगी तथा व्यवसायी उम्मेदवार संघका सदस्यहरुको घरदैलोमा पुगिरहेका छन । हाल सम्मको तथ्याङक अनुसार एक महिला सहित ११ वाणिज्य सदस्य तर्फ २२ जना, एक महिला सहित ६ उद्योग सदस्य तर्फ १७ जनाको उम्मेदवारी रहनेछ । त्यस्तै २ पद एशोसियट तर्फ २ रोहित अग्रवाल र विकास गोयन्काको उम्मेदवारी रहने छ, हालका सदस्य दिपक पौडेल प्रदेश कार्यसमितिमा गए पछि यो पद पनि निर्विरोध हुने लग्भग पक्का छ । 


स्रोतका अनुसार एशोसियट सदस्य तर्फ हालका उद्योग कार्यसमिति सदस्य मंगल भण्डारीलाई उम्मेदवारी दिएर निर्विरोध गराउने र एशोसियट तर्फको सदस्य पदका उम्मेदवारका आकांक्षी विकास गोयन्कालाई मनोनित सदस्य दिने चर्चा रहेको छ ।


यस वर्ष देखि २ वर्षको कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने भएपछि उम्मेदवार तथा आकांक्षीहरूको चर्चा सामाजिक संजालसँगै चोक चोकमा छ । केहीले सामाजिक संजाल फेसबुक मार्फत त केहीले पर्चा पम्पलेट वितरण गर्दै उम्मेदवारीका लागि प्रचार प्रसार गरि  भोट माग्न व्यस्त भएका छन् । निर्वाचन र मतपरिणाम आ–आफ्नो पक्षमा पार्न सामाजिक संजाल , म्यासेज तथा फोनबाट उम्मेदवार र आकाक्षीहरुले मतको जोड घटाउको कसरत गरिरहेका छन ।


अधिकांस पदाधिकारीको निर्विरोध हुने क्लीयर भएकोले यस पटक अझै सम्म प्यानल बनाएर उम्मेदवारी घोसणा भएको छैन । आकाक्षी उम्मेदवारहरु समूह समूहमा प्रचार गरेका छन । आकाँक्षीहरु पूर्व अध्यक्ष तथा पदाधिकारीहरुसँग सहकार्य गर्ने, नियमित छलफल, आन्तरिक समूह बनाउने, वरिष्ठ उद्योगी ब्यबसायीसंग सरसल्लाह गर्ने, प्यानल बनाएर जाने की स्वतन्त्ररुपमा भिड्ने विषयमा दैनिक छलफल गरिरहेका छन ।


३० सदस्सीय कार्यसमिती रहेको संघमा यस वर्ष ३२ सदस्यीय कार्यसमिति रहने छ । २०७४ सालको संशोधीत विधान अनुसार १०० जना कर्पोरेट सदस्य भएमा १ जना निर्वाचित कर्पोरेट उपाध्यक्ष रहने व्यवस्था भए बमोजिम हाल कर्पोरेट सदस्यको संख्या १४७ पुगेकोले विधान अनुसार कर्पोरेट उपाध्यक्ष पद थपिएको छ । त्यस्तै यस वर्ष देखि मनोनित सदस्यको संख्या पनि ३ बनाइएको छ ।  त्यस्तै यसपटकको मतदानमा मतदाताले अनिवार्य रुपमा खुल्ला वाणिज्य तर्फ १० जनालाई र खुल्ला उद्योग तर्फ ५ जनालाई मत दिइने प्रावधान ल्याएको छ । विगतका निर्वाचनमा सदस्यलाई मत हाल्ने वा नहाल्ने अधिकार थियो ।


१९ नया अनुहार सहित ३९ कार्य समिति सदस्य पदको आकाक्षी


हाल सम्मको तथ्याङक र उम्मेदवारी घोसणा अनुसार १९  जना नयाँ अनुहार संघको नेतृत्वका आकांक्षा सहित प्रचार प्रसारमा लागेका छन । वाणिज्य सदस्य पदका लागि नयाँ अनुहारको रुपमा प्रमोद रिजाल, दिनेश अमात्य, धर्मराज आचार्य, विशाल जैसवाल, अभिनव मयुर कसौधन, ऋषि पाण्डे, जवाहिर अग्रहरिले उम्मेदवारी दिने घोसणा गरेका छन । त्यस्तै उद्योग सदस्य तर्फ ओम जैशी, हरि बहादुर थापा, राजु न्यौपाने, रामचन्द्र उपाध्याय, पुरुषोत्तम लम्साल, कमल रायमाझी, रचना क्षेत्री र सन्दिप पौडेल नयाँ अनुहारका साथ संघमा उम्मेदवारी दिने घोसणा गरेका छन । त्यस्तै महिला कोटा तर्फ पनि अगामी निर्वाचनका लागि ३ जना नया अनुहार संघमा उम्मेदवारी दिने घोसणा गरेका छन । मिना पन्थी, हेमा बेल्बासे र विष्णु माया शर्मा पौडेलले उद्योगी व्यवसायीको हकहितका लागि संघमा प्रवेश गर्न उम्मेदवारी दिने तयारीमा प्रचार प्रसार गरिरहेका छन, यस्तै बस्तुगत तर्फ विनय ज्ञवालीले पनि नयाँ अनुहारको रुपमा उम्मेदवारीको घोसणा गरेका छन ।

नयाँ अनुहारको अलावा हालका कार्यसमिति सदस्य र यस अघिका निर्वाचन कार्यक्रममा उम्मेदवारी दिइसकेका प्रितम रौनियार, हरिश सेठिया, धर्मविर शर्मा, गौरब श्रेष्ठ, अर्जुन कार्की गोपाल भण्डारी, गंगासागर अग्रहरी, त्रिलोकी प्रसाद तेली, संजय वेरिवाल, कमल मरासिनी, कृष्ण अधिकारी रामबचन गुप्ता तेली, संचित खन्ना, यमकला न्यौपानेले वाणिज्य तर्फबाट सदस्य पदका लागि उम्मेदवारी दिने चर्चा छ, भने  रमेश घिमिरे, मंगल भण्डारी, सुरेन्द्र उपाध्याय, भुवन कान्दु, उमाशंकर मिश्रा, पल्लबी न्यौपानेले उम्मेदवारी दिने घोसणा गरेर प्रचार प्रसारमा दौडीएका छन । 


संघको नयाँ नेतृत्वका लागि अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष (बाणिज्य), उपाध्यक्ष (उद्योग), उपाध्यक्ष (कर्पोरेट), महासचिब, सचिब, कोषाध्यक्ष तथा सदस्यहरूमा १ महिला सहित ११ पद बाणिज्य तर्फ, १ महिला सहित उद्योगतर्फ ६ सदस्य, एशोसियट(कर्पोरेट) सदस्य २ पद र वस्तुगत सदस्य १ पद गरि २८ पदीय निर्वाचित नेतृत्व रहने छ । निवर्तमान अध्यक्ष पदेन सदस्य रहने र ३ जना सदस्य(उद्योग, वाणिज्य, पर्यटन) मनोनित गरी ३२ जनाको कार्यसमिती रहने छ । 


  • सम्बन्धित विषय:

  • # सिद्धार्थ उद्योग वाणिज्य संघ

  • लुम्बिनी चिन्तन

    थप समाचार