Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

शहरीकरणसँगै रुपन्देहीमा ६ अर्बको हाउजिङ परियोजना


  • लुम्बिनी चिन्तन
  • फाल्गुण १५, २०७७ शनिवार
  • 2.0K
    SHARES

शहरीकरणसँगै रुपन्देहीमा ६ अर्बको हाउजिङ परियोजना

भैरहवा । महानगरमा सुरु भएको हाउजिङ पछिल्लो समय रुपन्देहीमा बढ्दो क्रममा छ । काठमाण्डौ बाहिर कमै मात्रामा रहेको हाउजिङ रुपन्देहीको भैरहवा र तिलोत्तमा पनि सुरु भएको छ । रुपन्देहीमा भइरहेको विगत ५–६ वर्षको विकासक्रम र सहरीकरणले ठूला ठूला  परियोजना पनि विस्तारको क्रममा छ ।
निर्माणधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, व्यापरिक मार्ग भैरहवा बुटवलको स्तरोन्नती, लुम्बिनी प्रदेशको अस्थायी राजधानी मुकाम बुटवल, देशकै दोस्रो ठूलो औधोगिक भन्सार नाका, सेज र पर्यटकीय केन्द्र लुम्बिनीलाई आधार मान्दै सम्भावनासँगै निजी क्षेत्रले रुपन्देहीमा पनि लगानी बढाइरहेका छन । भारतसँगको सीमा नजिकै रहेकाले पनि नेपालीहरुभन्दा भारतीयहरुले त्यसको प्रयोग गर्ने सम्भावनाका कारण आर्थिक गतिविधिसँगै जनघनत्व बढ्ने देखिएकोले आधुनिक हाउजिङ क्षेत्रमा लगानी बढिरहेको छ ।

news nepal cast frame.jpg
नेपालको तराई क्षेत्रको सबैभन्दा बढी भीडभाड र जनघनत्व अहिले सम्म बुटवल क्षेत्रमा छ, बढ्दो क्रममा रहेको शहरीकरणमा अबको आकर्षणका रुपमा सिद्धार्थनगर र तिलोत्तमा क्षेत्र रहेकोले तिनै  सम्भावनालाई चुनौतिको रुपमा लिएर निजी क्षेत्र रुपन्देहीमा अर्बौको लगानी गरिरहेको छ । आर्थिक र पर्यटनको हब बनाउन अझै पनि यस क्षेत्र ठूला ठूला तारे सहितको होटल निर्माणकै प्रक्रियामा छन । 

153251014_4096833953671123_3277663100946063319_n.webp
यिनै सम्भावनाका साथ भैरहवामा ४ अर्बको लगानीमा बोधी होम्स हाउजिङ परियोजना निर्माण सुरु भइसकेको छ । शहरी विकास मापदण्ड अनुसार अत्याधुनिक भूकम्प रहितको आयोजना भैरहवामा ४ अर्बको  लगानीमा  ३ सय घरहरु बन्ने गरि  र भलवारीमा २ अर्ब बढी लागत अनुमानका साथ हाउजिङ परियोजना निर्माण सुरु भएको हो ।
काठमाडौं वाहिर ४ अर्ब लगानीमा ३ सय घरहरु बन्ने गरि हाउजिङ परियोजनाको पहिलो चरणमा एक सय ५ र दोस्रो चरणमा एक सय ९५ घरहरु निर्माण हुने परियोजनाका अध्यक्ष जलेश्वर पाण्डेले जानकारी दिएका छन । हाउजिङ परियोजनामा सीए दीपक पाण्डेसहित सांसद प्रमोद यादव, दिनबन्धु पोखरेल गैरआवासीय नेपाली ब्यवसायी छविलाल कुँवर, रविन्द्र कुँवर लगायतका व्यवसायीहरुको लगानी रहेको छ । लगानीकर्ताहरुले यसअघि काठमाडौंलगायतका स्थानहरुमा पाँच तारे होटल, आवासीय कोलोनी निर्माणका साथै बैंक तथा वित्तीय संस्थाहरुमा लगानी सहितको अनुभव छ ।
पहिलो चरणमा बन्ने घरहरुको निर्माण १८ महिना भित्र सक्नेगरी काम सुरु भइसकेको छ । दोस्रो चरणमा बन्ने घरहरुको निर्माण मंसिर २०७८ बाट सुरु गरेर दुई वर्षमा सक्ने योजना छ । कुल १४ बिघामा निर्माण हुने यस परियोजना भैरहवाकै ठूलो आवासीय परियोजना हुने देखिन्छ ।

152870297_4096834080337777_7557841635085107608_n.webp
केही दिन भित्रै बुकिङ खोल्ने तयारी भइरहेको छ । परियोजनाको पहिलो २० वटा घर बुकिङ गर्ने ग्राहकहरुलाई आकर्षक अफर पनि छ, बुकिङ खोलेपछि मात्रै घरहरुको मूल्य सार्वजनिक गर्ने तयारी कम्पनिको छ ।
निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलोमिटर पूर्वमा निर्माण हुने यो हाउजिङ परियोजनाको पछाडि नेपालकै सबैभन्दा ठूलो क्यासिनोसहितको पाँच तारे होटल निर्माण गर्ने योजनासमेत रहेको पाण्डेले बताए । 
’होटल र क्यासिनो हाउजिङ परियोजनाको ठीक पछाडी निर्माण गर्ने योजना छ,’ उनले भने,’पहिलो चरणको हाउजिङ परियोजना ’क्लोजर’ गरेपछि दोस्रो चरणसँगै क्यासिनोसहितको होटल निर्माण अगाडि बढाउने हाम्रो योजना छ ।’ अहिलेसम्म उक्त होटल र क्यासिनोको नामसहित प्राविधिक तयारी नटुंगिएको उनले बताए । 
हाउजिङ परियोजनामा निर्माण हुने घरहरु १३ धुर देखि १८ धुर सम्मको हुनेछन् । तीन सय घरहरु साढे २ तलासहित चार वटा विभिन्न डिजाइनमा निर्माण गरिने योजना छ । हाउजिङ परियोजनामा सुविधा सम्पन्न आधुनिक प्रविधिका घर, चौडा सडक, खुला तथा हरित क्षेत्र, स्वीमिङ पुल, हेल्थ क्लब, रेष्टुरेष्ट, सपिङ सेन्टर, सभा हललगायतका सुविधासहितका पूर्वाधार निर्माण हुने कम्पनीले जनाएको छ ।

1_26-Photo-1024x5561613474093 (1).jpg
बुद्ध जन्मभूमिमा विदेशी पर्यटक ओइरिने आकलन गर्दै तीव्र गतिमा सहरीकरण भइरहेको बेला तिलोत्तमा–७ भलवारी अर्को लुम्बिनी अष्टदिप मल्टिनेशनल प्रा.लि.ले पनि आधुनिक बस्ती निर्माणका लागि आवास विकास परियोजना सुरु गरेको छ । २ अर्ब बढी लागत अनुमानका साथ करिब ६ विगाह क्षेत्रफलमा १२३ वटा अत्याधुनिक सुविधा सम्पन्न घर निर्माण हुनेछ ।
२६ फुट मूल बाटो तथा २४ फुटको सहायक बाटो रहने गरी नेपाल सरकारको शहरी विकास मापदण्ड अनुसार साढे २ तलाका भूकम्प रहित घर निर्माण गरिने प्रा.लि.का अध्यक्ष नेत्रलाल वनले जानकारी गराए ।
सिद्धार्थ राजमार्ग अन्तरगत भैरहवा–बुटवल सडक खण्डको भलवारी चोकदेखि १४ सय मिटर पूर्वमा निर्माण गरिने एकृतिक वस्तिमा खेल मैदान, बाल उद्यान, जीमखाना, स्वीमिङ पूल, कभर्ड हल, बास्केटबल कोर्ट, हेल्थ क्लब, रेष्टुरेण्ट, सैलुन तथा मन्दिरसमेत निर्माण गरिने छ ।
विशेष गरी मध्यम वर्गको आर्थिक अवस्था भएकाहरुलाई लक्षित गरी सञ्चालन गरिएको परियोजनामा जग्गा र घरको क्षेत्रफलको आधारमा पहिलो समूहमा १४ धुर जग्गामा २९ सय स्क्वायर फिटको घर निर्माण गरिने छ भने दोस्रो समूहमा १० धुर क्षेत्रफलमा २२ सय स्क्वायर फिटका घर निर्माण गरिने प्रा.लि.ले जनाएको छ ।
एन्ट्रास्पेश टेक्निकल कन्सल्टद्वारा डिपिआर तयार पारी काम भइरहेको एकीकृत बस्तिमा पहिलो समूह अन्तरगत घरका लागि २ करोड ५० लाख तथा दोस्रो समूह अन्तरगतका घरका लागि सूचिकृत मूल्य १ करोड ७५ लाख कायम गरिएको छ । २ अर्ब बढी लागत अनुमान गरिएको परियोजनाका लागि प्रा.लि.ले सेन्चुरी कमर्शिल बैंकसँग सहकार्य गरी घर लिन चाहानेहरुलाई अधिकतम २५ वर्षसम्मको फाइनान्स सुविधा उपलब्ध गराउने छ ।
हालसम्म निर्माण गर्न लागिएको आधुनिक बस्तिका लागि १५ वटा घरको बुकिङ भइसकेको, परियोजना अन्तरगत बन्ने घरहरुको निर्माण कार्य सकिएर विक्रि भइसकेपछि सार्वजनिक स्थान तथा बस्तिका लागि निर्माण गरिएका पार्क तथा विभिन्न संरचनाहरु सोही बस्तिलाई हस्तान्तरण गरिने छ । कुनै पनि ग्राहकले घर बुकिङ गरेको कम्तिमा ६ महिना भित्र घर उपलब्ध हुन्छ,  ३ वर्षभित्रमा परियोजना सम्पन्न गर्नेगरी प्रा.लि. काम गरिरहेको छ ।

 


लुम्बिनी चिन्तन

थप समाचार