सिद्धार्थ उद्योग वाणिज्य संघको आगामी फागुन २१ र २२ गते अगामी नेतृत्वका लागि साधारण सभा तथा अधिवेशन हुदैछ । २ वर्षे कार्याकालका लागि नया कार्यसमितीका पादाधिकारीहरु सर्वसम्मत निर्वाचित भएपनि सदस्यहरुमा आकाक्षी धेरै रहेकोले मतदान हुने पक्का भएको छ । उद्योग तर्फ एक महिला सहित ६ सदस्य पदमा निर्वाचन हुदैछ । एक पद महिला सदस्य तर्फ ४ जना र खुला उद्योग सदस्य तर्फ हरि बहादुर थापा सहित ११ जनाको उम्मेदवारी परेको छ । अनिवार्य ५ मत दिने अधिकार मतदाता सदस्यहरुमा भएपनि थापाको संघमा उममेदवारी किन र सदस्यले नेतृत्वका लागि किन मत दिने ? । थापाको जवाफ जस्ताको तस्तै

सिद्धार्थ उद्योग वाणिज्य संघ यस क्षेत्रको सबै उद्योगी व्यवसायीको साझा छाता संगठन हो । यहाका अग्रणी संस्थाको रुपमा रहेको यो संघमा जिल्लाभरका हरेक क्षेत्रका व्यवसायीहरु जोडिएका छन । म साधारण सदस्य भएपनि अबको कार्यकालमा आउनुको कारण म तल्लो तहबाट नै स्वय उद्योगी व्यवसायीको समस्या भोगेको÷बुझेको, अधिकांस नाफामुलक संस्थामा आबद्ध भएर अनुभव गरेकोले भिजन सहित निस्वार्थ सामाजिक व्यवसायिक संस्थामा मेरो आवश्यकता हुन्छ र आउनु पर्छ भनेर संघको उम्मेदवारी दिएको छु ।
संघको संस्थागत, आर्थिक र सामाजिक विकासका लागि नीजि क्षेत्रको भूमिका प्रभावकारी बनाउन र व्यवसायीमैत्री वातावरण निर्माणमा पहलका लागि सबै व्यवसायहरुलाई एकबद्ध गर्ने काममा हातेमालो गर्ने छु । यहाका धेरै समस्याहरु छन, सबैलाई समेटेर व्यवसायिक हकहितसँगै ति समस्याहरुलाई समाधानमा संघको नेतृत्व र पदाधिकारीहरु सँग सहकार्य गर्ने, सिद्धार्थ उद्योग वाािण्ज्य संघ यस क्षेत्रकै अभिभावक सस्ंथा हो, नया नेतृत्वले उद्योगी व्यवसायीहरुको अन्य सस्थासँग एक अर्कामा मिलेर हकहितमा लड्ने, संघले ठूला ठूला काम गरेपनि पछिल्लो समय सूचना, प्रविधि र प्रचार प्रसारमा केही पछाडी रहेको त्यसको विकासमा पदाधिकारीहरुसँगै अगाडि बढ्ने, संघको सेवालाई तरल, सरल र उत्कृष्ट बनाउने, हाल निर्माणधिन हलमा अझै सौन्दर्यीकरण गर्दै अत्याधुनिक बनाउने, संघको आयस्रोत बढाउन पुरानो सभाहल भएको स्थानमा व्यवसायिक भवनसँगैसँगै आन्तरिक पार्किङलाई बृद्धि गर्ने काममा सहकार्य गर्नेछु ।
सस्था उद्योगी व्यवसायिको हो भन्ने गराउन उनीहरुको समस्या, नितिगत कठिनाई, यहाको समग्र विकासमा निजी क्षेत्रले खेल्नु पर्ने भुमिकालाई राय सुझावको रुपमा लिई सरोकारवाला निकायसँग अडिग भएर निजी क्षेत्र र उपभोक्ता कै पक्षमा रहने छु । सबै व्यवसायीक समस्याहरूको समाधान गर्न, यहाको मुख्य समस्या भन्सार पार्किङ, बजारीकरण, वातावरणीय समस्या, छाडा चौपाया, विधुत्तीय नयाँ प्रवाधान, उद्योगी मैत्री बैकिङ व्याजदर, सिमा क्षेत्रमा हामीले भारतिय व्यवसायीहरुसँगपनि सहकार्य र समन्वयका लागि भुमिका खेल्ने छु ।
यसका साथै औद्योगिक, पर्यटकीय र पर्यटन व्यवसायीका समस्या र कृषि सहित समग्र क्षेत्रको विकासमा संघका माथिल्लो निकाय, स्थानिय सरकारसँगको सहकार्य बलियो बनाउने, सचिवालयलाई सुदृढ बनाउदै प्रभावकारी कार्यान्वयनमा सशक्त भूमिका निर्वाह गर्ने छु ।