भैरहवा । १२औँ लियो कर्पोरेट सुपर सिक्स डेनाइट क्रिकेट प्रतियोगिताको उपाधि ग्लोबल बैंकले जितेकोे छ ।
भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा २४ वर्ष पछि शनिबार भएको डे नाइट क्रिकेट प्रतियोगितामा तिनाउ मिसन बैकलाई ३४ रनले पारजित गर्दै ग्लोबल बैकले उपाधि हात पारेको हो ।
टस हारेर सुरुवाती व्याटिङ पाएको ग्लोबल आइएमई बैकले ५ ओभरमा २ विकेट गुमाउदै ९६ रन बनाएको थियो । जसका लागि रबि श्रेष्ठले सार्वधिक ३२, रामनरेश गुप्ता र सम्पन्न भट्टराईले समान ३० रन बनाए । बलिङ तर्फ तिनाउका सुरेन्द्र यादव र धुर्व पन्थीले १–१ विकेट लिए ।
जवाफी ब्याटिङमा ९७ रनको लक्ष्य पाएको तिनाउले सबै ओभर खेल्दै ६२ रन मात्र जोड्न सक्यो । एक विकेटको क्षतिमा लक्ष्य पार गर्न नसकेपछि ३४ रनले हार व्योहोर्नु पर्यो । हारसँगै तिनाउ उपविजेतामा चित्त्त बुझायाे । तिनाउका धुर्व पन्थीले २३, अन्तिम थापले ३७ रन बनाए पनि जित निकाल्न सकेनन । बलिङ तर्फ ग्लोबलका रामनरेश गुप्ताले १ विकेट लिए । फाइनल खेलको म्यान अफ द म्याचबाट रामनरेश गुप्ता पुरस्कृत भए ।

आईसीसी सुपर सिक्स टुर्नामेन्टको नियम अनुसार क्रिकेट एसोसिएसन अफ रुपन्देहीको प्रविधिक सहयोग र समन्वयमा भएको प्रतियोगितामा लिग चरणको खेलहरुबाट महालक्ष्मी बैक, लक्ष्मी बैक, ग्लोबल बैक र तिनाउ मिशन बैक सेमिफाइनलमा पुगेका थिए । पहिलो सेमिफाइनलमा लक्ष्मी र ग्लोबल विच भएकोमा ग्लोबल आइएमइे विजयी भई फाइनलमा पुगेको थियो भने दोस्रो सेमिफाइनल खेल तिनाउ र महालक्ष्मी बिच भएकोमा तिनाउ विजयी भई ग्लोबलसँग फाइनल खेलेको प्रतियोगिताका संयोजक सन्देश केसीले बताए ।
प्रतियोगिताको विजेता ग्लोबल आइएमई बैकले बीस हजार नगद, ट्रफी र प्रमाणपत्र सहित आगन रेष्टुरेन्टबाट डिनरको कुपन पाएको छ भने उपविजेता तिनाउ मिसनले दश हजार नगद सहित ट्रफी, प्रमाणपत्र र कुटुम्ब होम्बाट डिनर पाएको छ । त्यस्तै म्यान अफ द सिरिज ग्लोबलका रामनरेश गुप्ताले नगद रू पाच हजार ट्रफी सहित प्रमाण पत्र, होटल पौवाबाट ५ हजारको कुपन र नमन रेष्टुरेन्टबाट २५०० सय बराबरको कुपन पाएको छ । प्रत्येक खेलको म्यानअफ द म्याचलाई ट्रफी र प्रमाणपत्र, अनुशासित टिमबाट कृषि विकास बैक, बेष्ट ड्रेस अवार्ड र पहिलो रजिष्ट्रेशन टिमबाट महालक्ष्मी विकास बैक पुरस्कृत भएको थियो । त्यस्तै बेष्ट बलर र बेष्ट व्याट्समेन ग्लोबलका रामनरेश गुप्ता, बेष्ट फिल्डर महालक्ष्मीका सतिश चौधरी, बेष्ट क्याच अवार्डबाट तिनाउका अनमोल विडारी पुरस्कृत भएका थिए । विजयीलाई प्रमुख अतिथी नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य तथा रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्ल, संघका पदाधिकारी, प्रायेजकले पुरस्कार प्रदान गरे ।

सिद्धार्थ रंगशालामा दोस्रो पटक भएको डेनाइट क्रिकेट प्रतियोगिता यस अघि २०५३ सालमा हालका रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्ल, आशा गुरुङ र धिरेन्द्र पन्तको समूहले गराएको थिए । २४ वर्ष पछि १२ वटा बैकहरुको सहभागितामा पहिलो १२औँ लियो कर्पोरेट सुपर सिक्स डेनाइट क्रिकेट प्रतियोगिता भएको ।
प्रतियोगितामा तिनाउ विकास बैंंक, नबिल बैंक, एनएमबी बैकं, नेपाल इन्भेष्टमेन्ट बैंक, लक्ष्मी बैक, सिद्धार्थ बैक, ग्लोबल आइएमई बैक, महालक्ष्मी बैक, शाइन रेसुङ्गा बैक, कृषि विकास बैक, मुक्तिनाथ बैक र आइसिएफसी बैंक गरी १२ टिमको सहभागीता रहेको आयोजक संस्था लियो क्लब अफ सिद्धार्थनगरका अध्यक्ष समिर पौडेलले बताए ।
प्रतियोगिताको लायन्स क्लब अफ भैरहवा लुम्बिनीको मुख्य प्रायोजन तथा बज अटो मोबाइल्स, एकारा एजुकेशन कन्सल्टेन्सी, एयरर्पोट भ्यु रेष्टुरेन्ट र आइडियल डिजाइन कन्स्ट्रक्शनले सह–प्रायोजन गरेको थियो । भैरहवा टिभी मिडिया पार्टनर रहेको सो प्रतियोगिता विगत १२ वर्षदेखि यस क्षेत्रमा रहेको बैंक, कर्पोरेट हाउस र सामाजिक क्षेत्रमा क्रियाशील युवाबीचमा हुदै आएको छ ।