भैरहवा । सिद्धार्थ उद्योग वाणिज्य संघ र स्पेनको क्याक्रिस चेम्बर अफ कमर्श बीच भगिनी सम्बन्ध कायम भएको छ । पर्यटन क्षेत्रबाट नै यस क्षेत्रको आर्थिक विकास हुने हुदा विश्व पर्यटन आगमनको दोस्रो सूचिमा रहेको राष्ट्र स्पेनका उद्योगी व्यवसायी र यस क्षेत्रका उद्योगी व्यवसायीलाई पर्यटनक्षेत्रबाट र युरोपसँग जोड्ने उद्देश्यका साथ शुक्रबार भागिनी सम्बन्ध कायम गरिएको सिद्धार्थ उद्योग वाण्ज्यि संघका अध्यक्ष भिष्म न्यौपानेले बताउनु भयो ।

लुम्बिनी गार्डेन फाउण्डेशनले दुबै देशका चेम्बर अफ कमर्शलाई जोड्ने काममा समन्वय गरेको छ । यो सम्बन्धले बुद्धलाई देशभरि विश्वभरि चिनाउनु, यहँको जनताको आयस्तर बढाउनु, युरोपका उद्योगी व्यवसायीहरुको प्रविधियुक्त व्यवस्थालाई नेपालमा कार्यान्वयन गर्ने र युवा उद्योगीहरुलाई विजनेश मेन टु विजनेश मेन (बिटुबी) बिच एक अर्कामा अन्तरक्रिया गर्दै सम्बन्धलाई निरन्तरता दिदै देशको आर्थिक क्षेत्र विकासमा सहयोग पुग्ने छ ।
वागमति प्रदेश सभामुखका आमन्त्रणमा भएको भ्रमणले दुबै देशका सम्बन्धमा इट्टा थप्ने काम गरेको छ ।















