Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

तिहारमा झल्केको तिलोत्तमा : नगरका सडकमा बत्ती


  • लुम्बिनी चिन्तन
  • कार्तिक २०, २०७८ शनिवार
  • 3.6K
    SHARES

तिहारमा झल्केको तिलोत्तमा : नगरका सडकमा बत्ती

भैरहवा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गलाई तिहारमा झिलिमिली बत्तीले सजाएको छ । तिहारमा नगर नै झलमल्ल बनाउने योजना अनुरुप राजमार्गका ३४० वटा विधुतीय पोलमा आकर्षण बत्ति र झ्यालर राखि सजाइएको छ । 

collage (27).jpg

सिद्धार्थ राजमार्गको कोटिहवादेखि योगिकोटीसम्मका सहरी सौन्दर्यकरण अन्र्तगत नगरपालिकाको वार्षिक योजना अनुसार दिपावलीका लागि ५ लाखको लागतमा नगरका मुख्य सडक र मुख्य चोकको दायाँबायाँ आकर्षक बत्ति र झ्यालर राखिएको नगरप्रमुख बासुदेव घिमिरले बताए ।

collage (30).jpg

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मुख्य राजमार्गमा झिलिमिली बत्ती बालेको छ। विभिन्न रचनात्मक र नमुना कार्य गर्दै आएको तिलोत्तमाले ग्रिन तिलोत्तमा क्लीन तिलोत्तमा अभियानलाई निरन्तरता दिदै नगर सफा र स्वच्छ राखेको छ । नगरपालिकाले यस वर्ष तिहारमा नगर नै झलमल्ल बनाउने योजना अनुसार पोलमा बत्ति लगाएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

collage (28).jpgcollage (29).jpg


तस्विर तिलोत्तमा नगरपालिकाको पेजबाट 


  • सम्बन्धित विषय:

  • # तिलाेत्तमा

  • लुम्बिनी चिन्तन

    थप समाचार