Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

पूर्ण खोप लगाएका विदेशी यात्रुलाई अमेरिका सीमा खुला 


  • लुम्बिनी चिन्तन
  • कार्तिक २२, २०७८ सोमवार
  • 1.3K
    SHARES

पूर्ण खोप लगाएका विदेशी यात्रुलाई अमेरिका सीमा खुला 

न्युयोर्क । अमेरिकाले २० महिनापछि  विदेशी यात्रुलाई आफ्नो सीमा खुला गरेको छ । पूर्ण खोप  लगाएका विदेशी यात्रुलाई सोमबारदेखि आफ्नो सीमा खुला गरेको हो । 
कोरोनाभाईरस बढेपछि सन् २०२० को मार्चमा विभिन्न ३० देशका विदेशी नागरिकलाई यात्रा प्रतिबन्ध लगाइएको थियो । त्यसअघि सोही वर्षको जनवरीमा चिनियाँ यात्रुलाई अमेरिका भ्रमणमा रोक लगाइएको थियो ।

यात्रा प्रतिबन्धका कारण कतिपय विदेशी नागरिकहरुले आफ्ना परिवारका सदस्यसँग भेट गर्न पाएका थिएनन् । प्रतिबन्धसँगै अमेरिकाको पर्यटन क्षेत्रले पनि ठूलो मूल्य चुकाएको थियो । 

नयाँ यात्रा प्राधानअनुसार अब अमेरिका यात्रा गर्ने हरेक व्यक्तिले उड्नुअघि पूर्ण खोप लगाएको प्रमाण र पछिल्लो ७२ घन्टाभित्र कोभिड नेगेटिभ देखिएको परीक्षण देखाउनु पर्नेछ । 

अमेरिकाले सात ओटा खोपलाई मान्यता दिएको छ । एजेन्सी


लुम्बिनी चिन्तन

थप समाचार