Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सय शैयाको अस्पताल बनाउन लुम्बिनी गार्डेन फाउण्डेशन र लुम्बिनी सांस्कृतिक नगरपालिका बिच सम्झौता

फाउणडेशनसँग आपसी सहकार्य गर्न बौद्ध विश्वविद्यालयसँग सम्झौता


  • लुम्बिनी चिन्तन
  • कार्तिक २६, २०७८ शुक्रवार
  • 1.4K
    SHARES

सय शैयाको अस्पताल बनाउन लुम्बिनी गार्डेन फाउण्डेशन र लुम्बिनी सांस्कृतिक नगरपालिका बिच सम्झौता

भैरहवा । लुम्बिनीमा सय शैयाकाे आधुनिक अस्पताल बनाउन लुम्बिनी गार्डेन फाउण्डेशन र लुम्बिनी सांस्कृतिक नगरपालिका बिच सम्झौता भएको छ । लुम्बिनी तथा यस आसपासका महिलाहरुका देखिएको स्त्री तथा प्रजनन् स्वास्थ्य सम्बन्धि समस्यालाई ध्यानमा राख्दै अन्य सुविधा सहित लुम्बिनीमा आधुनिक अस्पतालको तयारी थालिएको हो ।  

बिहिबार लुम्बिनीमा आयोजित एक कार्यक्रममा लुम्बिनी गार्डेन फाउण्डेशनका महासचिव एकराज गिरीले यसको लागी नगरपालिकाले जग्गाको ब्यवस्थापन गरिदिनु पर्ने शर्त अगाडी सारेका छन् । जग्गाको ब्यवस्थापन प्रक्रिया पु¥याएर हुँदै गर्ने र अस्पताल निर्माणको पूर्व तयारीहरु सुरु गर्नको लागी सम्झौता भएको हो ।

सम्झौतामा हस्ताक्षर गर्दै लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले एक महिना भित्र जग्गाको ब्यस्थापन गर्ने प्रतिबद्धता जनाए । उनले लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नम्बर १० मा जग्गाको ब्यवस्था गरिएको बताए । जग्गालाई नगरपालिकाको स्वामित्वमा ल्याई अस्पताललाई हस्तान्तरण गर्ने प्रक्रियामा रहेको चौधरीले जनाए ।

सम्झौता कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभामा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले लुम्बिनी अहिले पनि धेरै कुरामा पछाडी रहेको बताए । उनले फाउण्डेशनको सहयोगमा यस क्षेत्रमा अस्पताल निर्माण सुखद सुरुवात रहेको बताए । यस अघि लुम्बिनी सांस्कृतिक नगरपालिका लगायत अन्य नगरपालिका र फाउण्डेशन बिचको सहकार्यमा हुने कामहरुको बारे केही दुविधा रहे पनि यसले त्यस्ता दुविधाहरु चिरेको बताए ।

यसै बिच लुमिबनी गार्डेन फाउण्डेशन र नवलपरासीको सुनवल नगरपालिका र सुस्ता गाउँपालिका बिभिन्न बिषयमा सहयोग गर्ने गरि सम्झौता भएको छ । वातावरण, सरसफाई, संस्कृति, कृषि लगायतका क्षेत्रहरुमा सहकार्य हुने गरि सम्झौता भएको हो । सम्झौतामा सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डे र सुनवल नगरपालिकाका प्रमुख भिम बहादुर थापा क्षेत्री तथा लुम्बिनी गार्डेन फाउण्डेशनका अध्यक्ष जोस म्यानुअल भिलानोभालेले हस्ताक्षर गरेका थिए ।

यस्तै कार्यक्रममा लुम्बिनी स्मारिका समेत बिमोचन गरिएको थियो । कार्यक्रमकै अवसर पारे फाउण्डेशनले आफ्ना ७१ जना आजिवन सदस्यहरुलाई सदस्यता समेत बितरण गरेको थियो ।

आपसी सहकार्य गर्ने बौद्ध विश्वविद्यालयसँग सम्झौता

लुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनी गार्डेन फाउन्डेसनले आपसी सहकार्य गर्ने सम्झौता गरेकाे छ । विश्वविद्यालयका उपकुलपति प्राडा हृदरत्न बज्राचार्य र रजिष्ट्रार डा। तिलकराम आचार्य तथा फाउन्डेसनका अध्यक्ष जोशे म्यानुएल भिलानोभा र उपाध्यक्ष गोविन्द सुवेदीले बिहीबार साँझ सम्झौतापत्रमा हस्ताक्षर गरे ।

फाउन्डेशनकै पहलमा केही दिनअघि मात्रै गौतमबुद्ध विमानस्थलमा साढे दुई अर्बको बुद्ध मूर्ति राखिएको थियो । दक्ष जनशक्ति उत्पादन, पर्यटन प्रवद्र्धन, स्पेनिस र नेपाली भाषा एकअर्का देशका विद्यार्थीमा पठनपाठन, प्राज्ञिक व्यक्तित्वबीच शैक्षिक प्रवद्र्धन कार्यक्रम, आर्थिक अनुदान लगायतका उद्देश्यहरुसहित सहमति गरेका हुन् । सम्झौतापछि विश्वविद्यालयले फाउन्डेसनमार्फत स्पेन र युरोपमा सम्बन्ध विस्तार गर्ने विश्वास विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका संयोजक डा। सन्जिव हुमागाईले बताए ।

विश्वविद्यालयका उपकुलपति बज्राचार्यले विश्वविद्यालयले दश वर्षे रणनीति तय गरिहरको भन्दै यसले आगामी दिशा निर्दिष्ट गर्ने बताए । कोर बुद्धिष्ट दर्शनलाई सीप विकासमा प्रयोग गर्ने गरी अहिले विश्वविद्यालयले पठनपाठन गराइरहेको उनले बताए ।

फाउन्डेसनका अध्यक्ष जोशे म्यानुएल भिलानोभाले विश्वविद्यालयसँग सहकार्य गर्न पाउदा खुसी लागेको भन्दै बौद्ध दर्शन र शिक्षाको विकासमा सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । फाउन्डेसनले भैरहवा विमानस्थलमा साढे दुई अर्बको बुद्धमूर्ति राखेर काम थालेको बताउदै शिक्षाका क्षेत्रमा पनि काम हुने उनले बताए । 

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले फाउन्डेसनले बुद्ध स्थलको प्रवद्र्धनमा महत्वपूर्ण काम गरेको भन्दै विश्वविद्यालयसँगको सहकार्यले थप टेवा पुग्ने बताए । विश्वविद्यालयलाई विश्वका हरेक क्षेत्रबाट अध्ययन गर्न आउने थलोका रुपमा विकास गर्न सकिने उनले बताए ।


लुम्बिनी चिन्तन

थप समाचार