Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सञ्चारिका समूह रुपन्देहीको अध्यक्षमा पुन: गौतम


  • लुम्बिनी चिन्तन
  • मंसिर १४, २०७८ मंगलवार
  • 1.2K
    SHARES

सञ्चारिका समूह रुपन्देहीको अध्यक्षमा पुन: गौतम


भैरहवा मंसिर १४,
सञ्चारिका समूह रुपन्देहीको अध्यक्षमा पुन: निरु गौतम (निरा)चयन भएकी छन् । तिलोत्तमामा मागलबार सम्पन्न समूहको छैटौंं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले गौतमलाई आगामी ३ वर्षे कार्यकालका लागि अध्यक्ष बनाएको हो । समूहको उपाध्यक्षमा मिना भट्टराई, महासचिवमा मिना पाण्डे (अस्मिना), सचिवमा पुजा पन्थी तथा कोषाध्यक्षमा कल्पना डुम्रे सर्बसहमतिमा चयन भएका छन् । कार्यसमितिको सदस्यहरुमा सुशीला पोखरेल, प्रतिमा गौतम, मनु गुरुङ, तिर्सना सेञ्चुरी, सारदा शाही, विष्णु खत्री र सुमित्रा चापागाईं रहेका छन् । थप एक जना सदस्य समूहको पहिलो बैठकले मनोनित गर्ने सचिव पन्थीले जानकारी गराइन् । नवनिर्वाचित समितिलाई सञ्चारिका समूह लुम्बिनीकी अध्यक्ष तथा निर्वाचन समिति संयोजक पार्वती पाण्डेले पद तथा गोपनियताको सपथ खुलाएकी छन् । यस अघि उद्घाटन सत्रलाई सम्बोधन गर्दै  लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा संचार मन्त्री तिलकराम शर्माले लुम्बिनी प्रदेशको संचार विधेयक संचारमैत्री बन्ने बताएका छन् । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको संचार विधेयक संचारमैत्री नभएको भन्दै फिर्ताका लागि विभिन्न क्षेत्रबाट विरोध भइरहेको बेला मन्त्री शर्माले भने संचार विधेयक संचारमैत्री बन्ने प्रतिवद्धता समेत गरेका छन् ।

 


  • सम्बन्धित विषय:

  • # सिद्धार्थ उद्योग वाणिज्य संघ

  • लुम्बिनी चिन्तन

    थप समाचार